Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी इञ्चार्जको निधन

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी इञ्चार्जको निधन

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ११ २०७६


मोटरसाइकल दुर्घटनामा परेर प्रहरी इञ्चार्जको निधन

इलाम । इलाम नगरपालिका–२ मा दुर्घटनामा एक जना प्रहरीको ज्यान गएको छ । अपराहन्न २ बजेको समयमा बिब्ल्याँटे बाटे सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेका इन्चार्ज रविकुमार मगरको निधन भएको हो ।
सुम्बेकमा झगडा भएको भनि सुचना आएपछि बा २ ब २२८८ नम्बरको बाइक चढेर घटनास्थल तर्फ हिडेका थिए । सो क्रममा बाटोमाथीबाट आएको ढुङगा बाइकसंगै करिव ५० मिटर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका हवलदार ऋद्धि खनालले जानकारी दिए ।
मगरसंगै गएका रामसेवक मोची घाइते भएका छन् । उनको इलाम अस्पतालमा उपचार भइरहेको छ । मगरको शब अहिले दुर्घटनास्थलबाट निकाल्ने कार्य भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार