सन्दकपुर : जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै सन्दकपुर गाउँपालिकाले ५औं संविधान मनाएको छ । गाउँपालिकाले दिवसको अवसर पारेर २३ जना ९० वर्ष माथिका जेष्ठ नागरिक, १६ जना जग्गा दाता लगायत ५२ जनालाई एकै साथ सम्मान गरेको हो । शैक्षिक सत्र २०७५ मा पालिका भित्रका एसईईमा उत्कृष्ट अँक प्राप्त गर्ने श्री सरस्वती माविका छात्र निवेक खनाल, छात्रा लक्ष्मी ढकाल, आधातभुत बिध्यालयबाट छात्र प्रतीक खतिवडा, प्रमोध माविबाट आधारभुत तर्फकै दिव्या गुरुङ लाई सम्मान गरेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले बताए ।

ज्येष्ठ नागरिक ९६ बर्षिय घनश्याम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष शोभा पराजुली, वडाअध्यक्ष कृष्णप्रसाद पाठक, प्रकाश पराजुली, धनप्रकाश राइ, दिवाकर रिजाल, मित्रबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । त्यसैगरी गाउँपालिकाले पर्यटकीय तथा धार्मिक स्थल माईपोखरी, ऐतिहासिक सहिद भुमि सातखाल्डेमा सरसफाइ गरेको छ । वातावरण स्वच्छ राख्ने उद्धेश्यका साथ गाउँपालिका केन्द्र रहेको माईपोखरी देउराली बजारमा डस्टविन वितरण गरिएको छ ।

उक्त कार्यक्रममा सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई, उपाध्यक्ष शोभा पराजुली,प्रमुख प्रशासकीय प्रमुख मेहश राई विभिन्न वडाका वडा अध्यक्षहरु,जननिर्वाचित जनप्रतिनिधिहरु,गाउँपालिकाको विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीहरु,स्थानीय,बजार व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।