फिक्कल । सविधान दिवसको अवसरमा इलाममा जिल्ला भरि नै विभिन्न कार्यक्रम गरिएको छ । संविधान जारी भएपछि पनि संघीय संरचना अनुसार निर्वाचित जनप्रतिनिधि नभएको अवस्थामा सदरमुकाममा मात्रै विभिन्न दिवसका कार्यक्रम हुँदै आएकोमा अहिले जिल्लाभरि नै मनाइने गरेको छ । त्यसैअनुसार संविधान दिवशपनि इलामका १० स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरि तीन दिन धुमधामका साथ दिवस मनाउँदै आएका छन् । संविधान दिवसको अवसरमा इलामका स्थानीय तहका केन्द्र र वडा कार्यालयहरुले पनि विभिन्न कार्यक्रम गरि मनाउँदै आएका छन् ।
सन्दकपुर गाउँपालिका
सन्दकपुर गाउँपालिकाले संविधान दिवसका अवसरमा दुई दिनमा विभिन्न कार्यक्रम तय गरि बिहिबारबाट मनाउन थालेको गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए । बिहिबार माध्यमिक विद्यालय स्तरीय हाजिरि जवाफ प्रतियोगिता गरिएको छ । हाजिरिजवाफमा ६ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । विहिबार साँझ गाउँपालिकाले दिपावली गर्ने कार्यक्रम तय गरेको छ ।
संविधान जारी भएको दिन असोज ३ गतेका दिन गाउँपालिकाले रामसार क्षेत्रमा सुचिकृत माइपोखरी र गाउँपालिकाको केन्द्र रहेको देउराली बजार सरसफाई कार्यक्रम गरिनेछ । यस्तै दिउँसो ९० वर्ष माथिका वृद्धवृद्धालाई सम्मान गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । गाउँपालिकाका अनुसार १९ जना वृद्धवृद्धालाई सम्मान गरिँदै छ । त्यस्तै जग्गादाताहरुलाई पनि सम्मान गर्ने काम पनि सोहि कार्यक्रममा हुनेछ ।

इलाम नगरपालिका
इलामको सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा विभिन्न कार्यक्रम भइरहेका छन् । संविधान दिवशको अवसरमा इलाम नगरपालिकाले इलाम अस्पतालका बिरामीहरु, पोखरी नेत्रहिन विद्यालय र अमर माध्यमिक विद्यालयको अपाङ्ग श्रोत कक्षाका विद्यार्थीलाई फलफुल वितरण गरिएको थियो ।

यस्तै मानव अधिकार मञ्चको सहकार्यमा चोक बजारमा युद्धका जीवित स्मृतीहरूको फोटो तथा भिडियो प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हेमराज ढकालले जानकारी दिए । यस्तै आजै नगर क्षेत्र सरसफाई कार्यक्रम र विद्यार्थीलाई संविधानबारे जानकारी दिइएको थियो भने बेलुकी दिपावली गरिनेछ । इलाम नगरपालिकाले भोली झाँकि सहितको प्रभात फेरी कार्यक्रम गरिँदै आएको छ भने राजनीतिक क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई सम्मानसँगै स्वदेशगान सहितको सास्कृतिक कार्यक्रम गरिनेछ ।

माई नगरपालिका
इलामको दक्षिणि माई नगरपालिकाले संविधान दिवशको अवसरमा बिहिबार विहान कार्यालय सरसफाई कार्यक्रम संम्पन्न गरेको छ । यस्तै विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको नगर प्रमुख दिपक थेवेले बताए । नगरपालिकाले आफ्नो कार्यालयमा राष्ट्रिय झण्डा समेत संविधान दिवसकै अवसरमा राखिएको छ । नगरपालिकाले आज बेलुकी दिप प्रज्वलनको कार्यक्रम राखेको छ । नगरपालिकाले संविधान जारी गरिएको दिनमा प्रभात फेरी कार्यक्रम आयोजना गरिएको छ भने संविधानको महत्व विषयमा अन्तरक्रिया गर्नेछ ।
माईजोगमाई गाउँपालिका
संविधान दिवश तथा राष्ट्रिय दिवश हर्सोउल्लासका साथ मनाऔँ, घरघरमा राष्ट्रिय झण्डा फहराउँ भन्ने नाराका साथ संविधान दिवश मनाइरहेको छ । गाउँपालिकाले आज सबै कार्यालय र गाउँपालिबासीको घर सरसफाई र घरघरमा झण्डा फहराउने कार्यक्रम गरेको छ भने साँझ दिपावली गरिने प्रमुख प्रशासकिय अधिकृत चन्द्रप्रकाश बस्नेतले बताए । गाउँपालिकाले असोज ३ गते गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा प्रभातफेरी र दिउँशो सास्कृतिक कार्यझम आयोजना गरिने अध्यक्ष जितबहादूर राईले बताए ।
चुलाचुली गाउँपालिका
संविधान दिवश तथा राष्ट्रिय दिवसको अवसरमा आज साँझ दिपावली गरिने प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए । गाउँपालिकाले असोज ३ गते वडा नम्बर ४ मा प्रवचन कार्यक्रम राखेको छ ।
सूर्योदय नगरपालिका
संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिकाले आज वडा कार्यालय, फिक्कलको प्रमुख प्रशासकिय कार्यालय परिसरमा सरसफाई गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलको नेतृत्वमा कर्मचारीले कार्यालय परिसरमा सरसफाई गरेका हुन् । कर्मचारीले नगरपालिका वरीपरिको झार उखेलेर सरसफाई गरेका छन् । यस्तै वडा नम्बर १० को कार्यालय परिसरमा पनि सरसफाई गरिएको छ । अन्य वडामा पनि सरसफाई गरिएको छ । साझ सबै कार्यालयमा दिप प्रज्वलन गरिने छ । शुक्रबार संबिधान दिवसका अवसरमा दौड प्रतियोगिता प्रभातफेरी, स्वदेश गान सहितको सास्कृतिक कार्यक्रम आयोजना गररिएको छ ।
वडा नम्बर १० का अध्यक्ष पेमाउगेन लामाका अनुसार जनताले अधिकार पाएको खुसीयालीमा भब्य रुपमा संबिधान दिवस मनाउने कार्यक्रम तय गरिएको हो ।
फाकफोकथुम गाउँपालिका
इलामको कर्णाली मानिएको फाकफोकथुम गाउँपालिकाले संविधान दिवसको अवसरमा ३ दिन घर–घरमा र कार्यालयमा दिपावली गर्ने भएकोछ । त्यसैगरी भोली विहान गाउँपालिकाको केन्द्र आमचोकमा प्रभातफेरी गरी दिउँसो शुभकामना आदान प्रदान कार्यक्रम राखिएको प्रमुख प्रशासकिय अधिकृत जनार्दन कट्टेलले जानकारी दिए ।
देउमाई नगरपालिका
देउमाई नगरपालिकाले संविधान दिवसको अवसरमा भोली कार्यालयमा साँझ साढे ६ बजे दिपावली गर्ने कार्यक्रम राखिएको सुचना अधिकृत गोपाल बाँस्तोलाले जानकारी दिए ।
रोङ र माङसेवुङमा कार्यक्रम भएन
इलामको पुर्वी क्षेत्र रोङ गाउँपालिका र पश्चिमी क्षेत्रको स्थानिय तह माङसेवुङ गाउँपालिकाले संविधान दिवस विशेष कुनै पनि कार्यक्रमहरु आयोजना गरेका छैनन् ।