Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडक कालोपत्रे हुँदै

प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडक कालोपत्रे हुँदै

  • सन्देस सम्बाददाता
  • बुधबार, असोज १ २०७६


प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडक कालोपत्रे हुँदै

सन्दकपुर ।  प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर जोड्ने सडक कालोपत्रे थालिएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दुई प्याकेजमा काम गर्ने गरि ठेक्का प्रक्रिया भएकोमा दास्रो प्याकेजको कामका लागि निर्माण संझौता भइसकेको छ ।  प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर जोड्ने सडक कालोपत्रे प्रक्रिया शुरु भएको छ । इलाम सदरकुकामदेखि सन्दकपुर जोड्ने सडकको दूई प्याकेजमा निर्माण हुनेछ ।
इलाम नगरपालिकाको सीमा क्षेत्रदेखि सन्दकपुर गाउँपालिकाको कालपोखरीसम्मको २४ किलोमिटर मध्ये दोस्रो प्याकेज ठेक्का संझौता भएको छ । २४ किलोमिटरमध्ये दुई प्याकेजमा काम गर्ने गरि ठेक्का प्रक्रिया भएकोमा दास्रो प्याकेजको काम दिवा संकर त्रिशक्ति जेभि ४४ करोड २६ लाखमा निर्माण संझौता गरेको प्रदेश सासद खिनु लङ्वा लिम्बुले बताइन् ।
प्रदेश नं एक सरकारको पूर्वाधार विकास कार्यालय अन्र्तगत रहेका निर्माण हुने सडकको नाला बाहेक ५ दशमलब ५ मिटर चौडा हुनेछ । सडकको गत फागुनमा डिपीआर गरिएको थियो । डिभि एस टी गुणस्तरमा कलोपत्रे हुने सडक चार बर्षभित्रमा सक्नुपर्ने हुन्छ । २४ किलोमिटर सडक कालोपत्रेका लागि एक अर्ब ६ करोडको स्टामेट रहेको थियो ।
सडक कालोपत्रे योजनाले सन्दकपुरबासीलाई उत्साहा थपेको गाउँपालिका अध्यक्ष उदयबहादूर राईले बताए । पहिलो प्याकेजको पनि चाँडै ठेक्का प्रक्रिया हुने आशामा हामी छौँ राइले बताए । पर्यटकीयस्थल मध्ये मोष्ट पोटेन्सियल डेस्टिनेशनमा सन्दकपुर पर्यटकीय क्षेत्र जोड्ने रोड कालोपत्रे भएपछि पर्यटन प्रवद्र्धनका काममा सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
इलाम सदरमुकामबाट सन्दकपुर पुग्न ४२ किलोमिटर यात्रा तय गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार