Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन नेपालले गर्यो अभिकर्ताहरुलाई सम्मान

सन नेपालले गर्यो अभिकर्ताहरुलाई सम्मान

  • संगीता थामी
  • आइतबार, भाद्र २९ २०७६


सन नेपालले गर्यो अभिकर्ताहरुलाई सम्मान

फिक्कल । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी फिक्कल उपशाखाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उपशाखाको कार्यालयमा भएको कार्यक्रममा गत बर्ष उत्कृष्ट अभिकर्ता बन्न सफल ५ जनालाई सम्मान गरिएको थियो । इन्स्योरेन्सको लागी सबैभन्दा बढी व्यवसाय बढाउने मार्केटिङ मेनेजर सुस्मा राई र पुर्णबहादुर कार्कीलाई कदरपत्रले सम्मान गरिएको थियो । त्यसैगरी छोटो अवधीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता गंगा पराजुली, सुस्मिता राई र ठाकुरप्रसाद खतिवडालाई खदा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।
इन्स्योरेन्स कम्पनीमा महाप्रवन्धक कमलराज गौतम र सहायक महाप्रवन्धक तुलसीनाथ पौडेलले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए । फिक्कलमा स्थापना भएको छोटो अवधीमा नै सनलाइफले लोकप्रियता कमाएको उपशाखा प्रमुख निमा शेर्पाले बताए । कार्यक्रममा इलाम शाखा प्रमुख टंक श्रेष्ठको समेत उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार