इलाम । चिया उत्पादक एवम व्यवसायीहरुको संस्था नेपाल टी एसोसिएसनको पहिला राष्ट्रिय अधिवेशनबाट कमल मैनालीको अध्यक्षतामा १४ सदस्यीय केन्द्रिय कार्य समिती चयन भएको छ । स्काई जोन रेष्ट्रो एन्ड व्याङक्वेट धुम्वाराही काठमाण्डौमा भएको अधिवेशनबाट उपाध्यक्षत्रयमा गणेश राई, निराज राठी र प्रमिता बज्रचार्य चयन भएकी छन् ।
महासचिवमा केदारमणी पौडेल, सचिव नविन महर्जन र कोषाध्यक्षमा चिरन्जिवी दाहाल चयन भएका छन् । सदस्यहरुमा पवन खेतान , बाग्मती राई, शंकर खड्का, याम बहादुर राइ, कबिन शाक्य, सुबास सांघाई र तिर्थराज भण्डारी चयन भएका हुन् ।