Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नगरपालिका संघको देश नम्बर १ को  अध्यक्षमा इलाम नगरपालिकाका प्रमुख बस्नेत

नगरपालिका संघको देश नम्बर १ को  अध्यक्षमा इलाम नगरपालिकाका प्रमुख बस्नेत

  • सन्देस सम्बाददाता
  • शनिबार, भाद्र २१ २०७६


नगरपालिका संघको देश नम्बर १ को  अध्यक्षमा इलाम नगरपालिकाका प्रमुख बस्नेत

इलाम । नेपाल नगरपालिका संघ प्रदेश नम्बर १ को प्रथम अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलाई अध्यक्षमा चयन गरेको छ । यसअघिको तदर्थ समितिमा पनि प्रमुख बस्नेत संयोजक थिए ।


धरानमा सम्पन्न अधिवेशनले १९ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको उप–संयोजकमा मेचीनगरपालिकाका प्रमुख विमल आचार्य लाई चयन गरेको छ । संघको प्रदेश एकको सदस्यहरुमा चिन्तन थिङ्ग धनकुटा, बमबहादुर भट्टराई, फुङलिङ्ग, पवित्रा महतारा विर्तामोड, चन्द्र शेर्मा, शिवसताक्क्षी, मोहन श्रेष्ठ सिद्धिचरण, जीवन श्रेष्ठ भद्रपुर रहेका छन् ।

यस्तै सदस्यमै मुरारी खतिवडा खाँदबारी, मञ्जु अधिकारी महालक्ष्मी, खड्ग फागो, उर्लाबारी, राजन मेहेता इनरुवा, सुनिता दहाल दुहवी, रीताकुमारी चौधरी चौदण्डीगढी, कैलाशकुमार आले भोजपुर, रोहितकुमार शाह गौरादह र रमेशकुमार जिमी धर्मदेवी नगरपालिका चयन भएका छन् ।


यसरीनै अधिवेशनले सात सदस्यीय महिला विभाग पनि गठन गरेको छ । विभागमा मीना उप्रेती मेचीनगरपालिका, शोभा घिमिरे धर्मदेवी, मञ्जु प्रसाईं कन्काई, पविमाया राई देउमाई, ममिता राई भोजपुर, देवीकुमारी चौधरी त्रियुगा र तिला पोख्रेल लालीगुँरास नगरपालिका सदस्य रहेका छन् ।


अधिवेशनले ११ बूँदे धरान घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा संविधानको स्थानीय तहलाई संक्षम र सबल बनाउनु पर्ने कुरामा जोड दिने लगायका बुँदाहरु समेटिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार