Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

फेरिए इलामको सिडियो

फेरिए इलामको सिडियो

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र १२ २०७६


फेरिए इलामको सिडियो

इलाम : इलामको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् । सरकारले २४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दा इलाममा समेत फेरिएको हो । गृह मन्त्रालयले इलाम २४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। गृहको निर्णयानुसार इलाममा धनकुटाबाट सीताराम कार्की सरुवा भएर आएका छन् । इलामका श्रवणकुमार तिमल्सिना काभ्रेमा कायममुकायम प्रमुख जिल्ला अधिकारी भएका छन्। काठमाडौंमा झापाबाट जनकराज दाहाल गएका छन्। काठमाण्डौका रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर पुगेका छन्। जोशीको ठाउँमा धादिङका भगिरथ पाण्डेलाई ल्याइएको छ।
सरकारले मोरङमा मदन भुजेललाई प्रजिअ बनाएको छ। रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल र झापामा उदयबहादुर राणा पुगेका छन्। धादिङमा आशमान तामाङ प्रजिअ बनेका छन्। सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का र कास्कीमा रमेश केसी प्रजिअ भएका छन्। मुस्ताङमा बेदप्रसाद अर्याल र जाजरकोटमा जनकराज पन्त प्रजिअमा सरुवा भएका छन्।
सरकारले रुकुम पूर्वमा मोहनप्रसाद अर्याललाई पठाएको छ। बझाङमा उमेश पाण्डे सरुवा पुगेका छन्। डा कृष्णबहादुर घिमिरे धनकुटाका प्रजिअ भएका छन्। सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र यसैगरी, दीर्घनारायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुख बनेका छन् । उपसचिव सुरेन्द्र पौडेल नख्खु कारागार प्रशासन प्रमुख बनेर गएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार