Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको सीमा क्षेत्रमा दशगजा खाली नहुँदा समस्या

इलामको सीमा क्षेत्रमा दशगजा खाली नहुँदा समस्या

  • सन्देस सम्बाददाता
  • शनिबार, भाद्र ७ २०७६


इलामको सीमा क्षेत्रमा दशगजा खाली नहुँदा समस्या

पशुपतिनगर । इलामको नेपाल भारत सीमा छुट्टयाउने दशगजा स्पष्ट नहुँदा भौतिक संरचना निर्माण गर्न समस्या भएको छ । पशुपतिनगर शिमा प्रशासन कार्यालयमा सीमा स्पष्ट पार्ने नक्सा र प्राविधिक टोली नभएकाले जनप्रतिनिधिले गृह मन्त्रालय र नापि विभागसँ तत्काल समाधानको माग गरेका छन् । सन्दकपुर गाउँपालिका २ र ४ मा रहेको पर्यटकीय गन्तव्य सन्दकपुरमा प्रदेश सरकारले निर्माण शुरु गरेको भ्यु टावर बिचमै रोकियो । टावर निर्माण रोकिनुको कारण नेपाल भारत सीमा क्षेत्रको दशगजा छुट्याउन नसक्नु थियो । सीमा क्षेत्र छुट्याउने नक्सा र प्राविधिक जिल्लामा छ्र्रैनन् गाउँपालिका अध्यक्ष उदय राइले भन्नुभयो–‘भ्यु पोइन्ट निर्माण गरिएको क्षेत्र दशगजा कहाँ हो भन्ने स्पष्ट नभएपछि दुई देशका सीमा सुरक्षा अधिकारीले अहिले काम नगर्ने भनी सहमति जनाएअनुसार काम रोकिएको छ ।
सन्दकपुर गाउँपालिकाकै गैरीबास कालपोखरी जोड्ने पर्यटन पदमार्ग निर्माण गर्दा भारतीय सीमा सुरक्षा बलका जवानले काम रोक्ने प्रयास गरे । स्थानीय सुरक्षा अधिकारी स्थलगत अध्ययन गरेपछि रोकिएको काम पुनः सुचारु भएको थियो । सूर्योदय नगरपालिका २ को चारमाइल हुँदै भारत जाने बाटोमा भारतीय सुरक्षा बलले खाडल खनेपछि तनाबकै रुप लियो ।
दशगजामा खनिएको खाडल पुर्ने सहमति पछि सडक पुरानै अवस्था संचालित छ । इलाममा नेपाल भारत सीमा क्षेत्रको साढे बाहुन्न किलोमिटरमा देखिने यी समस्या प्रतिनिधि घटना मात्रै हुन् । दुवैदेशको सीमा क्षेत्र प्रष्ट नछुट्टिएका कारण समस्या भएको सूर्योदयन गरपालिकाका प्रमुख रणबहादूर राईले बताउनुभयो । दशगजा क्षेत्रमा स्पष्ट छुट्टिने साहायक सीमा पिल्लर छैनन् प्रमुख राईले भन्नुभयो–‘ दुवै देशका स्थानीयबासीले दशगजाका भौतीक संरचना निर्माण गर्ने क्रम जारी रहेकाले जनताबाट सीमा क्षेत्र छुट्याउनका लागि पहल गर्नुपर्ने आवाज उठेको छ ।’ प्रमुख राईले भन्नुभयो–‘ सकारले सीमा क्षेत्रको दशगजा खालि गरि मितेरी बगैँचा निर्माण गरे राम्रो हुने थियो ।’
सीमा छुट्टिने स्पष्ट नक्सा नभएपछि दुवैदेशका नागरिकले स्थायी संरचना निर्माण गर्दा समस्या बढ्दै गएकाले तत्काल सीमा क्षेत्रको समस्या समाधानका लागि काम गर्न हामीले गृह मन्त्रालय र नापी विभागसँग अनुरोध गरेको प्रमुख राईको भनाइ छ । सीमा क्षेत्रको यकिन गर्ने दक्ष प्राविधिक शिमा प्रशाससनमा नहुनु, स्पष्ट नक्सा अभाव, जिपिएसबाट सीमा क्षेत्र हेर्दा दशगजा ठम्याउन नसक्नु, भौगोलिक विकटताले सीमा पिल्लर जिर्ण भई भत्किनु र दशगजामा खेतीपाति गरिनु दुवै देशको सीमानामा देखिएका समस्या हुन् । जसका कारण सीमा क्षेत्रमा घर, सडक र भौतीक पूर्वाधार निर्माणमा समस्या आउँदा काम नै रोकिदैँ आएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताउनुभयो ।
सीमा समस्या समाधान बारे गृह मन्त्रालय, नापि विभागसँग समन्वय भइरहेको छ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले भन्नुभयो–‘ सीमा क्षेत्रको दशगजामा दुई देशका स्थानीय अधिकारीबिच कुनै पनि भौतिक संरचना निर्माण नगर्ने सहमति भएको छ ।’ तिमसिनाले भन्नुभयो–‘दुई देशको सर्भे टोली बर्खा सकिएपछि आउने कुरा नापि जानकारी आएर दशगजा क्षेत्र छुट्याउने भएकाले अहिले देखिने समस्या समाधान हुनेछ ।’ नापि विकागको टोलीले फिल्लरको अवस्थाका बारेमा जानकारी लिइसकेकाले सर्भे टोली अब इलाम आउने तिसिनाको भनाइ छ ।
सीमा क्षेत्र व्यवस्थि गर्न सीमा रोडको स्तरउन्नती, सवारीसाधन, सीमा प्रशासन कार्यालयमा दक्ष प्राविधिकको दरबन्दि र भारतपट्टि पनि भन्सार कार्यालय राख्न पहल गरिनुपर्ने सीमा सुरक्षा पोष्ट पशुपतिनगरका प्रमुख संसाकधोज कार्कीले बताउनुभयो । सीमा क्षेत्रको साढे बाहुन्न किलोमिटर क्षेत्रमा सडकको पहुँच छैन– कार्कीले भन्नुभयो–‘ सीमा क्षेत्रमा कहि समस्या भएमा सुरक्षाकर्मी पुग्न घण्टौँ लाग्ने भएकाले सीमा सडकलाई सरकारले प्राथमिकता दिनुपर्छ ।’ सरकारले इलामको पशुपतिनगरमा शसस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट स्थापना गरेपछि सीमा क्षेत्रमा आएका समस्या सोहि सुरक्षा पोष्टले हेर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार