Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पर्यटकियस्थल विकासका लागि पूर्वाधार विकासमा पर्यटन मन्त्रालय : मन्त्री भट्टराई

पर्यटकियस्थल विकासका लागि पूर्वाधार विकासमा पर्यटन मन्त्रालय : मन्त्री भट्टराई

  • सन्देस सम्बाददाता
  • बुधबार, भाद्र ४ २०७६


पर्यटकियस्थल  विकासका लागि पूर्वाधार विकासमा पर्यटन मन्त्रालय : मन्त्री भट्टराई

पशुपतिनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले पूर्वाधार निर्माणमा जोड दिएको बताउनुभएको छ । उहाँले पर्यटन बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य अनुरुप त्यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम भइरहेको बताउनुभयो । इलामको सुर्योदय नगरपालिकामा जनप्रतिनिधीहरुसंगको संक्षिप्त भेटमा मन्त्री भट्टराई चियाको राजधानीको रुपमा परिचित इलाममा छिमेकी भारतबाट चिया खानकै लागी पनि पर्यटकहरु आउने वातावरण बनाउनुपर्ने बताउनुभयो । ‘ सुर्योदयबाट भारत टाढा छैन । कम्तीमा भारतबाट एक कपमात्र पनि चिया पिउन पर्यटक आउने वातावरण बनाउनुपर्यो ।’ भट्टराईले भन्नुभयो । झापाको काँकडभिट्टादेखी कञ्चनजंघा फुट ट्रेल र धनकुटाबाट समेत निर्माण भएकाले विदेशी पर्यटकहरुलाई नेपालको सौन्र्दय देखाएर आर्कषित गर्नुपर्ने उहाँको भनाई छ । ‘विदेशीहरु विशेष गरेर हिडेर यात्रा गर्न मनपराउँछन । भारत र चिनबाट पर्यटकहरु भित्र्याएर भएपनि पर्यटन बर्ष सफल बनाउनुपर्छ ।’


मन्त्री भट्टराईले भन्नुभयो । मन्त्री भएको ३ हप्तामात्र भएकाले पर्यटन विकासका सवै योजनाहरु बुझने अझ केही समय लाग्ने उहाँको भनाई छ । मन्त्री भट्टराईले आज नै इलाम नगरपालिका– ९ मा निर्माणाधिन सुकिलुम्वा विमानस्थलको निरिक्षण गर्नुहुनेछ । भेटघाटमा इलामका प्रदेश साँसद काजीमान कागते, राम राना तथा ताप्लेजुङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसद प्रतापप्रसाद हाङगाम र बिष्णु तुम्वाहाम्फे लगातयको सहभागीता रहेको थियो ।
निर्माणाधिन फाल्गुनन्द सकिलुम्बा विमानस्थलको निरिक्षण
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका ९ गोलाखर्कमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निरिक्षण गर्नुभएको छ । मन्त्री भट्टराईले स्थानीय राजनितिक दलका प्रतिनिधि, जनप्रनिधिसँगै निर्माणाधीन विमानस्थलको स्थलगत निरिक्षण गर्नुभएको हो । विमानस्थलको निरिक्षणपछि भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै विमानस्थलाई पूर्णता दिन आफूले कुनै कसर बाँकि नराख्ने बताउनुभयो । पहाडी जिल्लाको लागि आवश्यकता महशुस भएर नै विमानस्थलको निर्माण थालिएको भन्नुुहुँदै मन्त्री भट्टराईले विमानस्थलले चाँडै पूर्णता पाउनेमा मन्त्रालयले कुनै कसर बाँकी राख्दैन । १५ महिनाको ठेक्का लागिसकेको जानकारी दिदैं भट्टराईले सो अवधिमा हेर्न लायकको प्रगति हुने र त्यसपछि थप रकम विनियोजन गरेर विमानस्थल निर्माणलाई पूर्णता दिने बताउनुभयो । विमानस्थल निर्माण पछि पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्ने भएकाले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री भट्टराईको भनाइ थियो ।


विमानस्थलको गतवर्ष नै परिक्षण उडान भएको थियो । इलाम सदरमुकामबाट ५ किलोमिटर दक्षिणमा रहेको विमानस्थलको ७ सय मिटर लम्बाई र ६० मिटर चौडाई कच्ची धावनमार्ग निर्माण सम्पन्न भई परिक्षण उडान भएको हो । विमानस्थलको रन वे सँगै भल व्यवस्थापनको लागि विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेपनि बाँकी काम नहुँदा विमानस्थलले पूर्णता पाउन सकेको छैन ।
विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पाकिर्ङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण जस्ता थप संरचना निर्माढा गर्नुपर्ने हुन्छ । विमानस्थलको शिलान्यास २०६८ सालमा तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गर्नुभएको थियो । निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा समेत पर्याप्त बजेट नभएको भन्दै विमानस्थलले पूर्णता पाउन नसकेको भन्दै इलामबासीले गुनासो गर्दै आएका छन् ।
समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमान अवतरण र उडानका लागि उपयुक्त मानिन्छ । विमानस्थल निर्माणले पूर्वी पहाडका जिल्ला इलाम, पाँचथर तेह्थुम र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागि समेत सहज हुने मानिएको छ । विमानस्थलको निरिक्षणका क्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, नेकपा इलामका अध्यक्ष तथा प्रदेश सासंद राम रानाले संयुक्त रुपमा मन्त्री भट्टराईलाई विमानस्थल निर्माण समयमै सक्न र निर्माणपछि ३३ परिवार जोखिममा रहेकाले क्षति न्युनिकरणको काम चाँडो गर्न ज्ञापन पत्र बुझाउनुभएको थियो ।


कार्यक्रममा नेकपा जिल्ला नेता भक्त केसि, माई नगरपालिकाका प्रमुख दिपक थेवे, इलाम नगरपालिकाका जनप्रतिनिधिहरु र इलामबासीको उपस्थिति रहेको थियो । १८ यात्रु अटाउने ट्वीनअटर जहाज उडान, अवतरण गर्ने विमानस्थलका लागि तत्कालिन जिल्ला विकास समिति, गाविस, इलाम नगरपालिका, वडाबासी र सरोकारवाला निकायको सक्रियतामा ३ सय २६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार