Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

निलम बनिन् ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ बिजेता

निलम बनिन् ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ बिजेता

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २ २०७६


निलम बनिन् ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ बिजेता

इलाम : १८० औँ विश्व फोटोग्राफी दिवशको अवसर पारेर गरिएको ‘फेस फोटो आर्ट कन्टेष्ट २०१९’ इलाम जमुनाकी निलम गुरुङले जितेकी छन् । उनले उपाधिसँगै भिभो ९० सि एन्ड्रोइड फोन सहित ट्रफी, मायाको चिनो र प्रमाणपत्र हात पारेकी छन् । प्रतियोगिताको फस्ट रनर अफ रिता श्रेष्ठ र सेकेण्ड रनर अफ भावना खपाङ्गी घोषित भएकी छन् । उनीहरुले पनि ट्रफी सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा इलामका विशिष्ठ नागरिक युद्धप्रसाद बैद्य र नेपाल पत्रकार महासंघ इलामका पूर्व अध्यक्ष रोहितचन्द्र भट्टराईले पुरस्कार वितरण गरेका थिए । इलामको मिसन इलाम, सम्पदा किड्स र शिखर प्रोडक्सन हाउस इलामले सञ्चालन गरेको प्रतियोगितामा जिल्लाका १५ जना युवा युवतीहरुले सहभागिता जनाएका थिए ।


सोही कार्यक्रममा इलामका पुराना फोटोग्राफर सञ्जय प्रधान र युवा ब्यवसायी लाब्साङ शेर्पालाई सम्मान गरिएको थियो । प्रधानले फोटो र भिडियोका क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै र शेर्पालाई शारिरिक अशक्तता भएर पनि सक्षम ब्यवसायी तथा युवाहरुलाई रोजगारी प्रदान गरेकाले सम्मान गरिएको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी बैद्यले सम्मान पत्र सहित खादा र मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै उदयमान फोटो ग्राफीका रुपमा इलामका माधव लुईटेललाई समेत प्रशंसा पत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार