Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा २ सय ५ दलित परिवारलाई सोलार बितरण

चुलाचुलीमा २ सय ५ दलित परिवारलाई सोलार बितरण

  • सन्देस सम्बाददाता
  • सोमबार, भाद्र २ २०७६


चुलाचुलीमा २ सय ५ दलित परिवारलाई सोलार बितरण

चुलाचुली । इलामको दक्षिणि चुरे क्षेत्रमा रहेको चुलाचुली गाउँपालिकामा बसोबास गर्ने दलित परिवारलाई सोलार बत्तिको सेट प्रदान गरिएको छ । चुलाचुली गाउँपालिकामा बसोबास गर्ने ३ सय ६५ दलित परिवारमध्ये अति विपन्न २ सय ५ परिवारको छनौट गरि सोलार बत्तिको सेट प्रदान गरिएको हो ।
दलित समुदायका अगुवाको समितिले छनौट गरेका घरपरिवारमा सोलार बत्ति जडानका लागि गाउँपालिकाले सिफारिस गरेको थियो । गाउँपालिकाको सिफारिसका आधारमा आधारमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले सबै परिवारमा सोलार बत्ति जडानको काम गरिरहेको छ । शनिवारबाट सबै वडाबाट छनौट भएका दलित परिवारको घरमा पुगेर वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले खटाएको प्राविधिक टोलीले सोलार बत्ति जडान गरिररहेको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताए ।


सोमबार बिहानसम्म २ सय ५ दलित परिवारमध्ये २५ घर परिवारको घरमा सोलार बत्ति जडान गरिसकिएको छ । चार जना प्राविधिक टोलीले वडाध्यक्षको रोहोबरमा सोलार सेट प्रदान गरिएको घरमा जडान गर्दै आएका छन् । अति विपन्न परिवारको घरमा जडान गरिने सोलार सेटको खरिद, ढुवानी र जडान वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले नै गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार