Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नाबालिकालाई करणी गरी ६ बर्षदेखी फरार रसाईली कारागारमा

नाबालिकालाई करणी गरी ६ बर्षदेखी फरार रसाईली कारागारमा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १६ २०७६


नाबालिकालाई करणी गरी ६ बर्षदेखी फरार रसाईली कारागारमा

इलामः नाबालिकालाई जवरजस्ती करण गर्ने फरार एक युवालाई इलाम प्रहरीले पक्राउ गरेको छ । इलाम नगरपालिकाकी एक नाबालिकालाई जबरजस्ती करणी गरी बिगत ६ बर्ष देखी भागेर फरार रहेका सचिन रसाईलीलाइ प्रहरीले पक्राउ गरेको हो ।
इलाम चुलाचुली गाउँपालिका स्थित एक महिलासँग साथमा लिएर बसेका रसाइलीलाई आज जिल्ला अदालत इलामबाट कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार रसाइलाई हिजो पक्राउ गरेर आज अदालतबाट जिल्ला कारागार इलाम पठाइएको छ । २९ वर्षय रसाइलीलाई इलाम जिल्ला अदालतले ७४ कात्तिक ३० गतेको फैसलाले ९ बर्ष कैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार