पशुपतिनगर । लगातारको बर्षातपछि इलामको सन्दकपुर गाउँपालिकाका सिंगो गाउँनै बिस्थापित भएको छ । वर्षातपछि सन्दकपुर ५ को गहिरगाउँका घर भित्र चिरापरेपछि १२ घर बिस्थापित भएका हुन् ।
सिंगो गाउँनै पहिरोले तानेको र स्थानीयका घर भित्र चिरा परि पानी उम्रिएपछि विस्थापित भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताउनुभयो । पहिरोबाट सन्दकपुर ५ का पूर्ण बहादुर गुरुङ ,जित कुमारी गुरुङ, लाखमान तामाङ, माया गुरुङ ,रमेश गुरुङ ,सुर्य बहादुर गुरुङ ,निर बहादुर गुरुङ , राम बहादुर गुरुङ , धर्मध्वज गुरुङ , नेत्र बहादुर गुरुङ , याम बहादुर गुरुङ र बेद बहादुर कार्कीको घर भित्र चिरा परेकाले सनिवार राहत रकम र सामग्री बितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सहित बिभिन्न संस्थाले पीडितलाई नगद सहित बन्दोबस्तीका सामग्री सनिवार हस्तान्तरण गरिएको हो । बिस्थापीत १२ घर परीवारलाई जिल्ला प्रशासन कार्यालय इलामबाट जनही पाँच हजारका दरले राहत रकम उपलब्ध गराईएको छ । यस्तै रेडक्रस त्रिपाल , कपडा, भाडा वर्तन, बाल्टी र डोरी वितरण गरीएको छ ।

राहत वितरण कार्यक्रम प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्रवण कुमार तिमसिना सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राई, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक हिरा पाण्डे, शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का र रेडक्रसका प्रतिनिधी लगायतको उपस्थितिले विस्थापितको अवस्था र पहिरो क्षेत्रको अनुगमन गरिएको थियो ।
रासस ९८४२६२७३२८