Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी (भिडियो सहित)

बिर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी (भिडियो सहित)

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ११ २०७६


बिर्तामोडको हनुमान सेन्ट्रलमा आगलागी (भिडियो सहित)

बिर्तामोड । झापाको विर्तामोडमा रहेको व्यापारिक मल हनुमान सेन्ट्रलमा आगलागी भएको छ । ७ बजेबाट शुरु भएको आगलागी कहाँबाट शुरु भएको भन्ने अन्यौल छ । मलको तल्लो तलामा आगलागी भइरहेको छ । आगो झन बढ्दै गएकाले क्षति धेरै हुन सक्ने संभावना छ । आगो नियन्त्रणको लागि विर्तामोड नगरपालिकाको दमकल आइसकेको छ । आगो निभाउन स्थानीयसहित सुरक्षाकर्मी खटिरहेका छन् ।
आगलागीका कारण धुवाले भित्र निभाउन पपनि समस्या भइरहेको छ । बजार क्षेत्र समेत धुवाँको कारण अस्तव्यस्त बनिसकेको छ ।आगलागीको कारण पत्ता लाग्न सकेको छैन । दमकल आइसकेको भए पनि आगजनी कहाँ भएको पत्ता लाग्न सकेको छैन । कम्प्लेक्स भित्रबाट ठुलो धुँवाको मुस्लो आइरहेको छ ।

भिडियो साभार झापा अनलाइन टिभी

https://www.facebook.com/jhapaonlinetv/videos/2447107702235864/UzpfSTEwMDAwMzExMTMzODYxNjoyMjU4NjQzODQwOTE1OTcy/

प्रतिक्रिया
सम्बन्धित समाचार