Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

फिक्कल बजारमा विद्युतिय तारमा आगो, सवस्टेसनमा पनि क्षति (भिडियाे सहित)

फिक्कल बजारमा विद्युतिय तारमा आगो, सवस्टेसनमा पनि क्षति (भिडियाे सहित)

  • सन्देस सम्बाददाता
  • शुक्रबार, साउन १० २०७६


फिक्कल बजारमा विद्युतिय तारमा आगो, सवस्टेसनमा पनि क्षति (भिडियाे सहित)

फिक्कल । इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारमा विद्युतियर तारमा आगो लागेको छ । बिहान ९ बजेको समयमा पाहुना होटल देखी अशोका डे एण्ड लज मुनिसम्मकाे बिजुलीको विद्युतिय तारहरुमा अचानक आगो लागेको हो । विद्युतिय तारमा लागेको आगो दमकल , सर्वसाधारण  र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागि के कारणले र कसरी भयो भन्ने बारे खुलिनसकेपनि फिक्कल सव–स्टेसनमा पनि क्षति पुगेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताए ।

आगलागिबाट क्षति पुगेको बजार क्षेत्रको तार फेर्नका लागि इलामबाट प्राविधिक टोली आउँदै गएको घिमिरेले बताए । सवस्टेसनको क्षतिका बारेमा यकिन विवरण नआएपनि अध्ययन गरि मर्मत गर्ने घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार