इलाका प्रहरी कार्यालय पशुपतीनगरका इन्र्चाज प्रहरी निरिक्षक हेमराज ओली धरान सरुवा भएका छन । विगत १ बर्षदेखी नेपाल भारत सिमा क्षेत्रको पशुपतीनगरमा कार्यरत ओलीको इलाका प्रहरी कार्यालय धरान सुनसरी सरुवा भएको हो । ओलीको स्थानमा रमेश राई आउने भएका हुन् । राई यसअघि संघिय प्रहरी इकाई काभ्रे अभियोजन समुहको प्रहरी निरिक्षकको रुपमा कार्यरत थिए ।

प्रहरी प्रधान कार्यालयले ४ सय ३७ जना प्रहरी निरीक्षक इन्सपेक्टरे को सरुवा गरेको हो। साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४ सय ३७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको भनिएको छ।