Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

ट्राफिक प्रहरी कार्यालय इलामबाट अवकास पाएका पदम राईको बेलबारीमा रहरलाग्दो फुल व्यवसाय

ट्राफिक प्रहरी कार्यालय इलामबाट अवकास पाएका पदम राईको बेलबारीमा रहरलाग्दो फुल व्यवसाय

  • सुजन तिमल्सिना
  • बिहिबार, साउन ९ २०७६


ट्राफिक प्रहरी कार्यालय इलामबाट अवकास पाएका पदम राईको बेलबारीमा रहरलाग्दो फुल व्यवसाय

बेलबारी । सरकारी सेवाबाट अवकास पाएपछि धेरैजसोको दैनिकी घरमा बसेरै बिताउने हुन्छ । तर राष्ट्रको सुरक्षा सेवामा लामो समय काम गरेका मोरङ बेलबारीका पदमप्रसाद राईले रहरलाग्दो व्यवसाय शुरु गरेका छन् । घरदेखि सहरसम्म रङ्गिन बनाउने सयौँ प्रजातिका फुल व्यवसाय गरि राईले आम्दानीको श्रोत बनाएका हुन् ।


अजकास लिएको भोलिपल्ट नै उनले फुल व्यवसाय शुरु गरे । खोटाङ जिल्ला छितापोखरी २ स्थायी घर भएका राईले जवानदेखि जागीर सेवा शुरु गरेका प्रहरी नायव निरिक्षकबाट अवकास पाएका थिए ।

२०२८ साल सालमा जन्मिएका राईले अहिले बेलबारी २ पुरानो बजारमा दूई कट्टा जग्गा भाडामा लिएर फुल व्यवसाय शुरु गरेका हुन् ।

उनको फुल नर्सरीमा झण्डै ६ सय जातका फुलका बिरुवा उत्पादन गरि बिक्रि गर्दै आएका छन् । नेपाल र भारतका विभिन्न सहरबाट बिरुवा र बिऊ संकलन गरि राईले रहरलाग्दो नर्सरी गरि आम्दानी लिएका हुन् ।

उनको र्सरीको नाम पारुहाङ्ग नर्सरी रहेको छ । २०७६ बैशाख एक गने अवकाश पाएका राईले दुई गतेबाटै नर्सरीको शुरुवात गरेका थिए ।

१८ लाखको लगानी भइसकेको नर्सरीमा अहिले धरान, बिराटनगर, इटहरी सहबाट फुलका बिरुवा खरिद गर्न आउने गरेको संचालक राई बताउँछन् ।

उनी भन्छन्– जागिर छोडेर त्यसै बस्नुभन्दा अरु व्यवसायीको भन्दा फरक प्रकृतिको व्यवसाय शुरु गरेको हो ।

फुल नर्सरी स्थापनामा पदम राईकी श्रीमति अनिता राईको सक्रियता पनि उस्तै छ ।

उनी भन्छिन्– श्रीमानले थालेको व्यवसायलाई सफल बनाउन बिहानैदेखि खट्दै आएको छु, अहिले ठिकै आम्दानी भएपनि भविश्यमा राम्रो होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार