Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पहिरोले मेची राजमार्ग अवरुद्ध, खुल्न आज दिनभर लाग्ने

पहिरोले मेची राजमार्ग अवरुद्ध, खुल्न आज दिनभर लाग्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन २ २०७६


पहिरोले मेची राजमार्ग अवरुद्ध, खुल्न आज दिनभर लाग्ने

फिदिम । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि बिहिबार बिहानैबाट राजमार्ग अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका–३ को पाँग्रेभिरमा वर्षासँगै पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए ।
सडक माथिबाट ठूलो पहिरो झरेपछि यातायात आवतजावतमा अवरुद्ध भएको उनले जानकारी दिए । अहिले पहिरो पन्छाउने काम भइरहेको र पहिरो पन्छाउन बेलुका सम्ममा राजमार्ग सुचारु गर्ने हिसाबले काम भइरहेको बताइएको छ ।पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र झापाबाट पाँचथर तर्फ गएका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार