आज गुरुको सम्मान गर्ने दिन

इलाम । आषाढ शुक्ल पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ। ‘गुु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा। आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ।
मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ। व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ। सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ। गुरुलाई माता र पितापछिको स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ।
गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ। मंगलबार नै पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पर्छ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...