Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाढी र पहिरोबाट मृत्यु हुने ६५ पुगे, ३० जना बेपत्ता

बाढी र पहिरोबाट मृत्यु हुने ६५ पुगे, ३० जना बेपत्ता

  • सन्देस सम्बाददाता
  • सोमबार, असार ३० २०७६


बाढी र पहिरोबाट मृत्यु हुने ६५ पुगे, ३० जना बेपत्ता

काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ।

यी घटनामा ३०जना अझै बेपत्ताछन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म एक हजार ४४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार