Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पहिरोमा पुरिएको ७ घण्टापछिपनि जिवितै उद्धार

पहिरोमा पुरिएको ७ घण्टापछिपनि जिवितै उद्धार

  • सन्देस सम्बाददाता
  • आइतबार, असार २९ २०७६


पहिरोमा पुरिएको ७ घण्टापछिपनि जिवितै उद्धार

मकवानपुर । पहिरोमा पुरिएकी ५५ वर्षीया तारामाया पाख्रिनको ७ घण्टापछि जिवितै उद्धार गरिएको छ । मकवानपुरको कैलाश गाउँपालिका ५ मा गएको पहिरोमा पुरिएकी उनलाई ७ घण्टापछि घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कालीखोलामा गएको पहिरोमा परी तारामाया शुक्रबार दिउँसो १२ बजे बेपत्ता भएकी थिइन । पुरिएको अवस्थामा फेला परेकी उनलाई स्थानीयबासी र स्थानीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । तारामायाको खुट्टा भाँचिएको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ । ७ घण्टासम्म पुरिदा समेत जिवित भेटिँदा उद्धारकर्ता चकित भएका थिए । अनलाइन बाट

प्रतिक्रिया
सम्बन्धित समाचार