Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

 फिक्कल बजार अनुगमन गरी अखाध्य र म्याद गुज्रिएका सामाग्री बरामद

 फिक्कल बजार अनुगमन गरी अखाध्य र म्याद गुज्रिएका सामाग्री बरामद

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १३ २०७६


 फिक्कल बजार अनुगमन गरी अखाध्य र म्याद गुज्रिएका सामाग्री बरामद

फिक्कल : उपभोक्ता अधिकार सुनिश्चित गराउनका लागी घरेलु तथा साना उद्योग विकास समितीको नेतृत्वमा फिक्कल बजार अनुगमन गरिएको छ । बजार क्षेत्रमा रहेका २० भन्दा बढी होटल, माछा मासु तथा किराना पसलको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख सत्य नारायण रार्ई ,जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख सफल पोर्तेल लगायतको टोलीले व्यवसायीहरुलाई सचेत गराएको छ ।
अनुगमनका क्रममा कतिपयको व्यवसाय दर्ता समेत फेल भएको सरसफाईमा ध्यान नदिएको पाइएको छ । बजारका पसलहरुमा मूल्यसूची नराखेको, म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थसमेत बिक्रीको अनुगमन गरेको थियो । अनुगमन टोलीले म्याद नाघेका केही खाद्य सामान बरामद समेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलले जानकारी दिए ।
नेपालको संविधानले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा पाउने अधिकार छ । गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको खण्डमा कुनै पनि उपभोक्ताले कानुनबमोजिम क्षतिर्पूित पाउने संवैधानिक हक राख्नपाउने छन । बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले पैसाको लागि र आफ्नोमा भएको सामान बिक्री गरीसक्नलाई जस्तोसुकै खाद्य सामान बेच्ने भएको हुँदा अनुगमन प्रभावकारी बनाउन जरुरी छ । बरामद गरिएको अखाध्य बस्तु सुर्योदय नगरपालिकालाई नष्ट गर्नका लागी जिम्मा लगाइएकोछ ।
अनुगमनमा सुर्योदय नगरपालिका वडा नं १० का सदस्य विमल कार्की, घरेलु तथा साना उद्योग विकास समितीका लेखापाल नारायण खत्री, सुर्योदय नगरपालिका शिक्षा शाखा प्र्रमुख रुद नारायण सापकोटा फिक्कल प्रहरी चौकी प्रमुख शम्भु बस्नेत लगायत रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार