इलाम । माई नगरपालिकामा एक कार्यक्रमका बिच ८९ जना अपाङ्गता भएका व्यक्तिहरुलार्इ सहायक सामाग्री बितरण गरिएको छ । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम अन्र्तगत माई नगरपालिकाको आयोजनामा सहायक सामाग्री बितरण गरिएको हो । नगर स्तरीय अपाङ्गता समन्वय समितिको सहकार्य र करुणा फाउण्डेसनको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हाे । अपाड्डता भएका माई नगर भित्रका ७ जनालाई व्हील चेयर, ५ जनालाई बैशाखी, ३९ जनालाई श्रवण यन्त्र, ५ जनालाई टवाइलेट चियर, २ जनालाई वाकर, ७ जनालाई सेतो छडी, १७ जनालाई हिड्ने छडी र ७ जनालाई बिशेष जुत्ता बितरण गरिएको नगर स्तरीय अपाङ्गता समन्वय समितिको संयोजक तथा उपमेयर बिष्णुमाया रिमाल आचार्यले जानकारी दिइन् ।
कार्यक्रममा माई नगरपालिका प्रमुख दिपककुमार थेबेले फरक क्षमता भएकाहरुलाई हेरचाह र अवसर दिएमा सबै क्षेत्रमा समान सहभागिता गराउन सकिने बताए । माई नगरपालिकाले अवका दिनमा अपाङ्गता भएका व्यक्तिका लागि अन्य सिप, आयआर्जन, सहयोगी सामाग्री बितरण लगायतका कार्यमा सहयोग गर्ने थेवेको धारणा छ । मेयर थेबेले सकरात्मक सोचका साथ अपाङ्गताकाे क्षेत्रमा काम गर्ने सबैले ठुला ठुला पुराण लगाएको भन्दा बढी पुण्य कमाउन सक्ने बताएका थिए ।
फेसबुक मार्फत आर्थिक सहयोग

इलामको माई नगरपालिका १ आँपटारी निबासी विमल राईलाई उपचारका लागि फेसबुक मार्फत संकलन गरिएको रकम आज एक कार्यक्रमका बिच पिडितलाई बितरण गरिएको छ ।
मलेशियामा रहेका नेपालीहरुले संकलन गरी पठाएको रकम एक कार्याक्रमका बिच माई १ का वडा सदस्य रश्मिला बराईली र स्थानीय बीर बहादुर पापो लिम्बुले प्रदान गरेका छन । बिगत ३० महिना अघि मलेशियामा नै काम गर्न कम्पनी जाने क्रममा खुट्टा भाँचिएर जटिल अबस्थामा थलिएका राईको उपचारमा सहयोग हुने गरी नगद ४० हजार एक सय पचाँस सहयोग गरिएको हो ।
माई ३ का शिक्षक तथा समाजसेबी वीर बहादुर पापो लिम्बु मार्फत मलेशियामा कार्यरत भुवन सिंह राई मार्फत १३ जनाबाट संकलित २२ हजार २२ रुपैया र लक्ष्मण पूर्बछानेमार्फत ५९ जना नेपालीहरुबाट संकलित रु. १८ हजार १ सय २९ रुपैया संकलन गरि पिडित राईलाई प्रदान गरिएको हो ।
वीर बहादुर पापो लिम्बुको फेस बुक आईडी Biru Ilameli परदेशी कार्यक्रम मार्फत संकलन भएको रकम बितरण गरिएको लिम्बुले बताए । मलेशियामा खुट्टा भाचिएर नेपाल ल्याईएका राईको बि एण्ड सी अस्पतालमा २५ दिन राखेर उपचार गर्दा पनि निको नभए पछि आर्थिक अभावमा घरमानै कष्टकर जीवन बिताउदै आएका छन । सहयागीहरुको यो मनले निको हुने आश पलाएको पिडित राईले बताए ।