फिक्कल । प्रहरी चौकी फिक्कलले सवारी चेकजाँचको क्रममा बरामद गरेको अवैध घरेलु मदिरा नष्ट गरेको छ । विभिन्न समयमा लुकाछिपाइ लग्दै गर्दा बरामद गरिएकाे ५० लिटर घरेलु मदिरा सुर्योदय नगरपालिका–१० का वडा सदस्य विमल कार्की, टोल विकास समितीका प्रतिनिधी प्रदिप सैजु लगायतको रोहबारमा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको हो ।
घरेलु अवैध मदिराबाट समाजमा झै झगडा भै अपराधिक क्रियाकलाप बढ्दै जाने भएकाले निरुत्साहित गर्न प्रहरीले अवैध घरेलु मदिरा बरामद गर्ने गरेको प्रहरी चौकी फिक्कलका इन्चार्ज प्रहरी सहायक निरिक्षक शम्भु बस्नेतले जानकारी दिए ।