Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

पुल शिलान्यास गरेको खोलामै डुब्यो मन्त्रीको झण्डावाल गाडी

पुल शिलान्यास गरेको खोलामै डुब्यो मन्त्रीको झण्डावाल गाडी

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ २८ २०७६


पुल शिलान्यास गरेको खोलामै डुब्यो मन्त्रीको झण्डावाल गाडी

स्याङ्जाः संघीय राजधानीबाट एउटा पक्की पुल शिलान्यास गर्न स्याङ्जा पुगेका भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री रघुवीर महासेठ सवार झण्डावाल सरकारी गाडी नै खोलामा डुबेको छ । अघिपछि सुरक्षाकर्मी र कर्मचारी लगाएर अर्जुन चौपारी गाउँपालिका-३ स्थित घट्टे दरौं खहरे खोलामा पुल शिलान्यास गर्न सोमबार पुगेका मन्त्री महासेठ सवार गाडी खोलाको दममा परेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जका प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले दिएको जानकारी अनुसार मन्त्री महासेठ सवार बा२झ ४०२९ नम्बरको गाडी खोलामा रहेको पानीको बहावको बीचमा पुगेपछि दहतिर चिप्लिएर डुबेको हो। गाडी खोलाको दहमा आधा भन्दा धेरै भाग डुबेपछि मन्त्री महासेठ निस्किएका थिए। उनी सुरक्षाकर्मीको सहयोगमा ओर्लिएर अर्को सरकारी गाडीमा सदरमुकाम पुगेका थिए। प्रहरीका अनुसार मन्त्री महासेठ पुल शिलान्यास गर्न अर्कै बाटोबाट पुगेका थिए। तर फर्किँदा भने पुल शिलान्यास गरेकै खोलामा उनी सवार गाडी डुबेको हो।
गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए। मन्त्री महासेठ त्यहाँबाट निस्किएर पोखरा पुगेका छन्। खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको हो । मनसुन सुरू हुने समयसँगै पहाडी जिल्लाका खोलामा पानीको बहाव विस्तारै बढ्दैछ। मन्त्रीको गाडी डुबेको खोलामा पनि ढुंगा हालेर बाटो बनाइएको थियो। तर सुविधासम्पन्न सडकमा गुड्ने मन्त्रीको गाडी खोलामा हालल्ल्दा डुबेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार