Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पत्रकारलाई अंकुस लगाउने कानुन विरुद्ध काग्रेस लड्छ : काग्रेस नेता अर्याल

पत्रकारलाई अंकुस लगाउने कानुन विरुद्ध काग्रेस लड्छ : काग्रेस नेता अर्याल

  • सन्देस सम्बाददाता
  • शनिबार, जेष्ठ २५ २०७६


पत्रकारलाई अंकुस लगाउने कानुन विरुद्ध काग्रेस लड्छ : काग्रेस नेता अर्याल

इलाम । नेपाली काग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले सरकार संस्थागत रुपमा आफैँ भ्रष्ट्राचारमा लागेको बताएका छन् । नेपाली काग्रेस इलामको जनजागरण अभियानको समापन गर्दै नेता अर्यालले अहिलेको सरकारले दुईतिहाईको सरकारले तिब्र गतिमा विकास निर्माणको काम गर्नुभन्दा पनि संस्थागत रुपमा भ्रष्ट्राचारका काम गर्न थालेको बताए ।
अहिलेका प्रधानमन्त्री दूई तिहाईको दम्भ दिएर संसदमा बोल्नै नहुने कुरा बल्छन्, सरकार आफैले बनाउने भनेर घोषणा गरेको गौरवका योजना आफुखुसि बिदेशी कम्पनीलाई दिन्छन् र प्रेशमाथि अंकुस लगाउने कानुनी लिएर अएकाले सरकार निरङ्कुसता तर्फ उन्मुख भएको नेता अर्यालले बताए । प्रेशमाथि अंकुश लगाउनु भनेको सरकार निरङ्कुसतातर्फ उन्मुख हुनु हो नेता अर्यालले भने– नेपाली काग्रेस पार्टीले मिडिया काउन्सिल विधेयक पास गर्न दिँदैन र पत्रकारको आन्दोलनमा नैतिक समर्थन छ । प्रधानमन्त्री केपि ओली सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर शक्तिको दुरुपयोग गर्न लागि परेको भन्दै नेता अर्यालले भने –‘दुई तिहाईको दम्भमा सरकारले सर्वसत्तावाद लाद्न खोजेको छ ।’
केन्द्रिय समितिबाट नेपाली काग्रेसको जनजागरण अभियानका लागि इलाममा खटिएका अर्यालले नेपाली काग्रेसले चुनावमा हार बेहोर्नुको कारण आपसि तालमेल अभाव, अन्तरकलह र मनोवैज्ञानीक असर रहेको बताए । काग्रेसले उदारिकरणको निति लिएपछि देशमा उद्योग स्थापना हुने क्रम बढेपनि सरकारले अहिले औद्योगको विकासका लागि बजेट विनियोजन नगरेको नेता अर्यालले बताए । काग्रेसमा गुठउपगुठ रहेको स्वीकार्दै उनले हरेक पार्टीमा विचार समुह रहने बताए । काग्रेस जनजागरण अभियान अन्तरगत इलाममा आफुले सात हजार कार्याकर्तालाई भेटघाट गरेको र उनीहरुको एउटै माग काग्रेस एकतावद्ध हुनुपर्ने भन्ने रहेकाले इलामका नेताहरुपनि अहिले एक भएर काग्रेसको संगठन विस्तारमा लाग्ने विश्वास नेता अर्यालले गरे ।
तीन चरणमा हुने काग्रेसको जनजागरण अभियान पहिलो चरणको कार्यक्रम सकिएपछि इलाममा पत्रकार सम्मेलन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार