इलाम । शुक्रबार अपराहन्न प्रहरी चौकी फिक्कल अन्य दिन भन्दा तुलनात्मक रुपमा भिडभाड थियो । चौकीको प्रतिक्षालयमा जिल्ला समन्वय समिती इलामकी उपप्रमुख चित्रकला बराइली, सुर्योदय नगरपालिका वडा नं ६ का अध्यक्ष शिबबहादुर बस्नेत, भौतिक पुर्वाधार विकास समितीका संयोजक तथा वडा नं ३ का अध्यक्ष होम कार्की, आर्थिक विकास समितीका संयोजक वडा नं ९ का अध्यक्ष देवन्द्र शर्मा लगायत नगरको विभिन्न क्षेत्रमा मानिसहरु भेला भएका थिए । भिडका बिचमा एक जना युवा भन्दै थिए ‘के पैसा तिर्दैमा मेरो भाञ्जा फिर्ता आउँछन ।’ उनी हुन सुर्योदय नगरपालिका–६ का अमृत रसाइली । जस्ले विहान मात्रै स्कुल पठाएको भाञ्जाको लाश २ घण्टा नवित्दै आफनै अगाडी देखे ।
विहान करिब ८ बजेको समयमा उत्साहका साथ स्कुल हिडेका भेषराज गजमेर केही छिनमा लाशमा परिणत भए । विद्यालय जाँदै गर्दा बाटो निर्माणका क्रममा ढालिएको कटुसको रुखले उनको १३ बर्षको उमेरमा ज्यान लियो । मृतकका मामाको आरोप थियो ‘निर्माण समितीको लापरवाहीले भान्जाको ज्यान गुम्यो’ । ‘रुख ढाल्दै गर्दा बाटोको दुवै तर्फ मानिस बसेर सचेत गर्नुप¥थ्यो’ उनी भन्दै थिए । को १ ख २४२७ नम्बरको एक्स्काभेटरले हर्कटेबाट थापागाउँ जाने सडक खन्दै थियो । सोही बाटो हुँदै भेषराज आफन्त पर्ने कृतिका रसाइली र अन्य एक जना साथी सहित कन्याममा रहेको कृष्णाश्रम माविमा अध्ययनका लागी हिडेका थिए । रुख लडेपछि भेषराज कृतिका र … स्याउलमा छोपिए । रुखले लागेर गम्भिर घाइते भएका भेषराजले उपचारको लागी अस्पताल समेत देख्न पाएनन् । रुखले लाग्ने वितिक्कै उनलाई अस्पताल लग्नुको सट्टा एम्बुलेन्सको पर्खाइमा नजिकैको घरमा लगेर राखियो ।
वडाध्यक्ष शिबबहादुर बस्नेतको प्रत्यक्ष निगरानीमा सडक खनिदै थियो । सडक खन्नुको मुख्य उद्धेश्य सो स्थानमा रहेको ढुङगा निकालेर बेच्नु थियो । टयाक्टर व्यवसायीहरुले हर्कटे– तारगाँउ हुँदै झापाको बाहुनडागी जोडने बाटोमा निर्माण गर्दा ढुङगा खेर गयो भनेपछि वडाध्यक्षकै अगुवाइमा बाटो बनाइदै थियो ढुङ्गा निकाल्न पाउने लोभमा । विहानै कुहिरोले छप्क्कै छोपेको मौसममा रुख ढाल्दै गरेको सुचना भेषराज र उनका साथीहरुले पाएनन् । जस्को सिकार हुनुप¥यो ।
भेषराजसंगै हिडेकी कृतिकालाई सुर्योदय फिक्कल पोलिक्लिनिकमा थप उपचारपछि झापा पठाइयो । मृतकको लाश पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको थियो । तारबारले स्वास्थ्य केन्द्र र प्रहरी चौकीको सिमा छुटयाएको थियो । प्रहरी चौकीमा क्षतिपुर्तीका लागी छलफल चलिरहेको थियो । मानिसहरुको बिचमा अमृत भन्दै थिए ‘ अध्यक्ष ज्यू तपाइ वडाको अभिभावक हो एउटा स्कुल जाने बच्चा अइया…अइया मरे भन्दा उद्धार गर्न नसक्ने अलिकती पनि मानवियता छैन’ उनको आक्रोशको सामु सवै उपस्थित मानिसहरु मौन थिए । कसैका मुखबाट शव्द निस्कन सकेको थिएन् उनी एकोहोरो बोलिरहेका थिए ‘ सवै संयन्त्र तपाइको हातमा थियो ५० वटा पिकअप लाइन लगाउन सक्नुहुन्थ्यो बाइक थियो कुदाएर कसैलाई घाइते च्याप्न लगाएर अस्पताल ल्याउन सक्नुहुन्थ्यो ।’ उनले भने ‘ पसिनै पसिना भएर हस्पिटल पु¥याउनुभएको थियो भने भाञ्जा बाच्ने थिए ।’ वडाध्यक्ष र स्थानिय समाजको कमजोरीका कारण भाञ्जाको ज्यान गुमेको उनको तर्क थियो । घटनास्थल नजिकै कुनै निरौला थरका युवकको विहे थियो । ८÷१० परिवारको लस्करै घर भएको उक्त स्थानमा कसैले पनि तत्काल अस्पताल नलगेको रसाइलीको आरोप छ । ‘ पैसा मात्रै सवै थोक होइन मान्छे मार्दै पैसा तिर्ने होइन सहज रुपमा मिल्दा फेरी पनि यस्ता घटनाहरु दोहोरिन्छ र सहजै मिलाइन्छ ।’ वडाध्यक्ष बस्नेत घटना हुँदा आसपास नै थिए । ‘ जे जे मन लाग्छ गर्ने छेपारो हो ? मान्छे म¥यो यस्तै भइहाल्यो जेसिबी अपरेटर जिम्मेबारपुर्वक काम गरेनछ यति भन्दैमा पुग्छ ।’ आक्रोश मिश्रित स्वरमा उनी भन्दै थिए ।
गजमेरले प्रहरी र बुद्धिजिवीहरु समक्ष आफनो कुरा राखिरहँदा वडाध्यक्ष बस्नेत, जिसस उपप्रमुख, प्रहरी निरिक्षक हेमराज ओली लगायत सवै जसो उपस्थित मानिसहरु निःशव्द थिए । माहोललाई शान्त वनाउदै भौतिक पुर्वाधार संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्की सम्वन्धित पक्षबाट गम्भिर गल्ती भएको बताए । ‘जेसिवी छाडेर भएपनि बिरामी बोकेर हस्पिटल लग्नुपर्छ त्यही मानवियता हो । दुर्घटना हुँदा जहाँ पनि गर्ने त्यही नै हो ।’
घटना सुन्ने वितिकै घटनास्थल पुगेका स्थानिय बुद्ध कार्की प्रहरी चौकीमा भएको छलफलमा भन्दै थिए ‘ जेसिबी चालक र सहचालक वडाध्यक्ष खन्न लगाएको हामी रोक्दैनौ भनेर जवरजस्ती गरे । मैले सवै वडाध्यक्ष होइन मनलाग्दी गछौ भनेपछि दुवै जना ओर्लिए’
‘नजिकै रहेको टयाक्टरका २ जना समेत आएर वडाध्यक्षले लगाएको काम किन रोक्नु भन्दै निहु खोजे’ काकीले भने । काम रोकिएपछि उनी घाइतेहरु राखेको घर तर्फ लागे । घरमा भेषराजकी आमा उनलाई छोपेर भक्कानिदै थिइन । संवेदनशिल अंग नजिकै फिला भाचिएको थियो भेषराजको । पुष्पालाई भान्सा घरमा राखिएको थियो झन्डै १५ मिनेटको वार्तालापपछि कार्कीले एम्बुलेन्स चालकलाई दबाएर कही नरोकि घटनास्थलमा ल्याउन लगाए । एम्बुलेन्समा हालेर प्राथमिक उपचारको लागी अस्पताल ल्याइ नपु¥याउदै भेषराजले प्राण छाडे । छलफल चल्दै गर्दा सुचना आयो भेषराज र कृतिकासंग घटनामा परेका अर्का विद्यार्थी घरमा बेहोस भए । उनलाई तत्काल अस्पताल पु¥याउन प्रहरी निरिक्षक ओलीले निर्देशन दिए ।
घटनापछि छलफलमा सहभागी हुन आएका वडाध्यक्ष बस्नेतले हर्कटे– तारगाँउ सडक धेरै ढुङगा भएको र सदुपयोग हुन नसकेको पाल्टाँगे र स्थानिय क्षेत्रका टयाक्टर व्यवसायीले कुरा राखेपछि बाटो निर्माण थालिएको बताए । उनले पिडित परिवारलाई जेसिबी मालिकले विमा बापतको रकम दिने गैर जिम्मेबारपुर्ण जवाफ दिए । वन नियमावली २०५१ अनुसार जिल्ला वन कार्यालयको अनुमती नलिइ रुख ढाल्न र ओसारपसार गर्न नपाइने रहेको छ ।