Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको महालक्ष्मी डिलक्स बसामाडीमा दुर्घटना, चालककाे मृत्यु, ३० जना घाइते

इलामको महालक्ष्मी डिलक्स बसामाडीमा दुर्घटना, चालककाे मृत्यु, ३० जना घाइते

  • सन्देश सम्वाददाता
  • शनिबार, जेष्ठ ४ २०७६


इलामको महालक्ष्मी डिलक्स बसामाडीमा दुर्घटना, चालककाे मृत्यु, ३० जना घाइते

इलाम । पूर्वपश्चिम राजमार्गको हेटौंडा–३ बसामाडीमा दुई वटा बस ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
इलामको पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको महालक्ष्मी डिलक्स बस र काठमाडौंबाट हेटौंडा आउँदै गरेकोे ना ७ ख ९३६ नम्बरको बस शनिबार बिहान ३ बजे ठोक्किएका हुन् । दुर्घटनामा इलामबाट जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस चालक उदयपुर बरही ६ का ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये तीन जनाको भरतपुर मेडिकल कलेज र अरुको हेटौंडाका अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार