Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कुटीडाँडादेखि इलामसम्म साइकल र्याली

कुटीडाँडादेखि इलामसम्म साइकल र्याली

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ ३ २०७६


कुटीडाँडादेखि इलामसम्म साइकल र्याली

फिक्कल । भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा स्थानीय युवाले भोलि शनिबार इलामको कुटीडाँडादेखि सदरमुकाम इलाम बजारसम्म साइकल र्याली गर्ने भएका छन् । बिहान साढे ८ बजेदेखि हुने साइकल र्यालीमा काठमाडौँबाट मात्र ५० जनाभन्दा बढी साइक्लिस्ट आउने व्यवस्थापन समितिका सदस्य बुद्ध तामाङले बताए । उनका अनुसार र्यालीमा ७५ जनाले सहभागिता जनाउनेछन् । इलाम सदरमुकामसम्मको करिब ५० किलोमिटरको यात्रालाई ‘साइकल चलाऔँ, स्वस्थ रहौँ’ नारा दिइएको छ । र्यालीको उद्घाटन रोङ गाउँपालिकाका अध्यक्ष समशेर राईले रिबन काटेर गर्ने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार