इलाम : नापी विभागअन्तर्गतको स्थलरुप नापी तथा भू उपयोग ब्यवस्थापन महाशाखाले आपूmले तयार गरेको भू उपयोग नक्शा, प्रतिवेदन र डिजिटल तथ्याङ्क बुधबार इलामका सबै स्थानीय तहहरुलाई हस्तान्तरण गरेको छ । बिगत तीन वर्ष लगाएर तयार गरिएको उक्त प्रतिवेदन इलाम सदरमुकाममा आयोजित एक कार्यक्रममा स्थानीय तहलाई बुझाइएको हो ।
प्रतिवेदनमा भूमिको स्वरुप, उपयोगिता, क्षेत्र लगायत धेरैखाले तथ्याङ्क र नक्शा रहेको जनाइएको छ । उक्त नक्शाबाट भूमिमा जल, जङ्गल, सिमसार, चट्टान जस्ता कुराले ओगटिएको भाग कति छ भन्ने कुरा र कुन स्थानको भूमिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन सकिने पनि कार्यक्रममा जानकारी दिइयो ।
यो नक्शा र प्रतिवेदनबाट जग्गामा के गर्न सकिन्छ र त्यस्तो जग्गाको उपयोग कर अर्थात् भूमि करको मापदण्ड कसरी बनाउन सकिन्छ भन्नेसम्मका कुराहरु पनि पाइने जानकारी दिइयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले यो नक्शा र प्रतिवेदनलाई अध्ययन गरि त्यसमा भएको भूमिको स्वरुप अनुसारको उपयोग गर्ने योजना स्थानीय तहले बनाउन पर्ने बताए । उनले यदि त्यसरी योजना बनाएर काम गर्ने हो भने त्यसका लागि यो प्रतिवेदन धेरै उपयोगी हुने पनि बताए ।
कार्यक्रममा इलामका सबै तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र प्राविधिकलाई निमन्त्रणा गरिएको भएपनि आठवटा तहबाट मात्र प्रतिनिधित्व रहेको थियो । त्यसमध्ये केहीबाट प्रमुख उपप्रमुखसहितको सहभागिता थियो भने कतिपय तहबाट प्रमुख प्रशासकीय अधिकृत मात्र आएका थिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत भइरहँदा केही स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीले आपूmहरुसँग समन्वय नै नगरि थाहा नै नदिई यो प्रतिवेदन तयार गरिएको र वास्तविकता भन्दा फरक भएको हुनसक्ने शङ्का ब्यक्त गरेका थिए । त्यस्तो शङ्का ब्यक्त गर्नेमा रोङ गापा प्रमुख शम्शेर राई, सन्दकपुर गापा प्रमुख उदयबहादुर राई, फाकफोकथुम गापा उपप्रमुख सरस्वती राईलगायत थिए ।
उनीहरुले आप्mनो गापामा यो प्रतिवेदन तयार हुने भनेर कुनै पनि जानकारी नै नआएको र कहिले को आएर के काम गरेर प्रतिवेदन तयार भयो भन्नेसमेत थाहा नभएको बताएका थिए । आयोजकका तर्पmबाट आपूmहरुले समन्वय गरेको भन्दै गाउँपालिकामा पठाएको पत्र देखाए पनि स्थानीय तहको निर्वाचन पछिको मितिको पत्र भएपनि आपूmहरुलाई समन्वय नभएको जनप्रतिनिधीहरुको भनाई थियो । अन्त्यमा प्रतिवेदन अध्ययनपछि थप कुरा गर्ने शर्तमा उनीहरुले नक्शा तथा प्रतिवेदन बुझेका छन् ।
कार्यक्रममा माई नगरपालिका र चुलाचुली गाउँपालिकाबाट कसैको प्रतिनिधित्व रहेको थिएन । देऊमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेल, सूर्योदय नपाकी उपप्रमुख दुर्गादेवी भट्टराई, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, सन्दकपुर, रोङ, माङ्सेबुङ, फाकफोकथुमका प्रमुखहरु क्रमशः उदय राई, शम्शेर राई, डिकेन्द्र इदिङ्गो र राम श्रेष्ठ तथा केही गाउँपालिकाका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको उपस्थिति रहेको थियो । –सन्दकपुर अनलाइन