इलाम । समाचारको बिषयलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जन गिरी विरुद्ध साइबर अपराध मुद्दा दर्ता भएपछि त्यसको विरोधस्वरुप इलामका पत्रकारहरुले समेत धर्ना दिएकाछन । नेपाल पत्रकार महासघ केन्द्रिय समितीको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय अगाडी आज धर्ना दिएका हुन। नेपाल पत्रकार महासंघ, जिल्ला शाखा इलामको अगुवाइमा विभिन्न सञ्चामाध्यममा कार्यरत पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिएका थिए ।
जिल्ला प्रशाशन कार्यालयमा भेला भएका पत्रकारहरुले प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरे । उनीहरुले नेपालमा विद्युतीय अपराध ऐन धारा ४७ र ४८ अनुसार पक्राउ गर्ने काम बन्द गर्नु पर्ने बताए । पत्रकारले गल्ती गरे नियमनकारी निकाय हुँदाहुँदै अपराधीको जस्तो व्यवहार गर्नुले प्रेस स्वतन्त्रताको खिल्ली उडेको बताइएको छ । उनीहरुले विद्युतीय कारोबारी एेनको दफा ४७ र ४८ खारेज गर्नु पर्ने धारणा राखे ।
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले ठगी सम्बनधी समाचार अनलाइनमा प्रकाशित गरेको विषयलाई लिएर पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा गिरीलाई केन्द्रीय अनुसन्धान विभाग सीईबीले पक्राउ गरेको थियो ।पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ । महासंघले थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ । अनलाइनमा समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुको छ । महासंघको ७७ वटै जिल्ला शाखाले आज आ–आफनो जिल्लाको जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा धर्ना दिएका थिए ।