इलाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको बन्द आह्वानले फिक्कल सहित देशभरको जनजिवन प्रभावित बनेको छ । इलाम जिल्लाका सबै ठाउँमा चार पाँग्रे सवारी साधानहरु संचालन हुन सकेका छैनन् । जिल्लाको मूख्य बजारहरु सहित इलाम सदरमुकाम सुनसान जस्तै छ । शैक्षिक संस्थाहरु ठप्प छन् । पार्टीको प्रतिवन्ध फुकुवालगायतका विभिन्न माग राख्दै विप्लवले आज नेपाल बन्द आह्वान गरेको हो । उसले भोलिदेखि प्रधानमन्त्री सवार हुने सबै जिल्लाहरुमा अवरोध सिर्जना गर्ने जनाएको छ ।
जिल्लाको ग्रामिण क्षेत्र फाकफोकथुम र पाचँथर मिक्लाजुङ्ग गाउँपालिका को ब्यापारिक केन्द्र रबि बजारमा समेत प्रभाव देखिएको छ । फाकफोकथुम को आम्चोक ,फुएतप्पा,लुम्दे,पाचँथर रबि बजार देखि ईलाम झापा दमक चल्ने यात्रुबाहक तथा ट्याक्सी तथा मालबाहक गाडिहरू नचल्दा यात्रुहरू गन्तब्यमा पुग्न समस्या भयेको यात्रु पूर्ण सिंह तामाङ्गले बताए ।