Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

पत्रकार नेपाल सम्मानित

पत्रकार नेपाल सम्मानित

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख ३ २०७६


पत्रकार नेपाल सम्मानित

इलाम । इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल सम्मानित भएका छन् । अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा नेपाल सम्मानित भएका हुन । इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन् । उनलाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे । पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान गरेको नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए ।
वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्द डटकमले प्रकाशन गरेको वार्षिक भित्तेपात्रो २०७६ (क्यालेण्डर ) सार्वजनिक गरिएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरेका थिए । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार