फिक्कल । ईलामको सूर्याेदय नगरपालिका वडा नं ९ निवासी दिल बहादुर मुखिया को १२ बर्षीय छोरा दिवाकर मुखिया व्लड क्यान्सरका कारण जिवनमरणको दोषाधमा छन । कक्षा ८ मा अध्यनरत उनी काठमाडौं स्थित सिबीर हस्पिटल मा उपचार भइ रहेको छ । आर्थिक अवस्था कमजोर रहेको कारण मृत्युु सगँ लडिरहेका उनको जीवन रक्षाका लागि नागरिक समाजले अपिल गरेको छ । उनको जिबन बचाउन चाहनेहरुले ग्लोबल आइएमइ बैंक फिक्कल शाखामा रहेको खड्ग बहादुर मुखिया को खाता नं २७०७०१०००६१३३ मा रकम जम्मा गरि जीवन रक्षा को लागि परिवारले आग्रह गरेको छ ।