इलाम । इलाम वजारमा सञ्चालन हुन लागेको साना सहरी खानेपानी आयोजना निर्माण प्रक्रिया अगाडी बढेको छ । इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजना रमण कन्ट्रक्सन कम्पनीले ५७ करोड ९५ लाख सात हजारमा ठेक्कामा लिएर काम अगाडी बढाएको हो । खानेपानी आयोजना सञ्चालनका लागि एसियाली विकास बैंकको ३३ करोड ५६ लाख ५५ हजार सहयोग तथा २५ प्रतिशत नगर विकास कोर्षको १४ करोड ४८ लाख ७७ हजार र उपभोक्ता मार्फत उठाइएका ५ प्रतिशत रकम २ करोड ९९ लाख मार्फत आयोजना संचालन गर्न लागिएको हो ।
उपभोक्ता समितीबाट झन्डै ४ करोडमाथी रकम संकलन भएको नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले जानकारी दिए । खानेपानी आयोजना २ वर्ष भित्रमा सम्पन्न हुने सम्झौता गरिएको छ । निर्माण पश्चात निर्माण भएका सवै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने नगर प्रमुख प्रमुख महेश वस्नेतले जानकारी दिए ।
एशियाली बिकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण गरीने योजनाका लागि खानेपानी आयोजना व्यवस्थापन कार्यालय, नगर बिकास कोष, इलाम नगरपालिका र इलाम बजार खानेपानी सरसफाई उपभोक्ता संस्थाबीच गत साउनमा ८५ करोड रुपैया सम्झौता भएको थियो । जस्का लागी एडिबीले ७० प्रतिशत अर्थात ५८ करोड ५७ लाख) रुपैया दिने भएको थियो । आयोजनाका लागी उपभोक्ता समितिले उपभोक्ताबाट १५ हजार २०० रुपैयाँका दरले रकम संकलन गरेको थियो । यो आयोजनाबाट नगरपालिका क्षेत्रका ४१०० घरधुरीका २८ हजार बढी जनसंख्या लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए ।
आयोजना इलाम नगरपालिका ६, ७, ८ र ९ को आधा÷आधा भागका उपभोक्ता लाभान्वित हुनेछन । आयोजना निर्माणका लागि जिल्लाको सन्दकपुर गाउँपालिकामा रहेको गिताङ, राते र मेवा खोलाको पानी आपूर्ति गरिनेछ । हाल पनि नगरमा गिताङ खोलाको पानी आपूर्ति भइरहेको छ ।