Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

भुषालको स्मृतीमा श्रद्धाञ्जली सभा, दुई विद्यालयमा अक्षयकोष स्थापना

भुषालको स्मृतीमा श्रद्धाञ्जली सभा, दुई विद्यालयमा अक्षयकोष स्थापना

  • सन्देश सम्बाददाता
  • मंगलबार, चैत्र १९ २०७५


भुषालको स्मृतीमा श्रद्धाञ्जली सभा, दुई विद्यालयमा अक्षयकोष स्थापना

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बनकट्टा ब्रह्माचोक निवासी अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का महासचिव लोकराज भुषाल र नेपाल शैक्षिक परामर्ससंघका प्रथम सचिव दिपक राज भुषालकी आमा स्व.टुमकला भुषालको १२ दिनको पुन्यतिथिमा राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिति र परिवारको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा गरिएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासविच जनकराज शर्मा, सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले मृतक आत्मको चिरशान्तीको कामना व्यक्त गर्दै स्वर्गीय टुमकला भुषालको योगदान समाजमा उच्च रहेको धारणा राखेका थिए ।
कार्यक्रममा परिवारको तर्फबाट सैनामैना नगरपालिका वडा नम्बर १ मा रहेको सैनामैना माविमा जेहेन्दार विद्यार्थीहरुको लागि ‘चुडामणी–टुमकला भुषाल स्मृती छात्रवृत्ती कोष’ स्वरुप १ लाख ५१ हजार रुपैयाँको अक्षय कोष समेत स्थापना गरेका छन् । टुमकला भुषालका जेष्ठ सुपुत्र लोकराज भुषालले विद्यालयका अध्यक्ष शिब बस्याललाई उक्त रकम प्रदान गरेका हुन ।
हजुर बुबा तारा प्रसाद भुषाल र हजुर आमा रुपा भुषालको नाममा वहाँका तीन जना नातीहरु लोकराज भुषाल, मान प्रसाद भुषाल, टोपलाल भुषालले अर्घाखाँची मालारानी–५ बाँगीको सिद्ध माविका प्रधानाध्यापक दिनेश केसीलाई १ लाख ५१ हजार रुपैयाँको ‘तारा प्रसाद भुषाल र रुपा भुषाल छात्रवृत्ती अक्षयकोष’ वापत प्रदान गरेका छन् ।
श्रद्धाञ्जली सभामा बामपन्थी नेता कृष्णराज पौडेल, देशभक्त गणतान्त्रीक मोर्चाका प्रेम सुवेदी, अखिल नेपाल ट्रेड युनियन महासंघ(अन्टुक)का केन्द्रीय अध्यक्ष नारायण सापकोटा, किसान संघका उपाध्यक्ष चन्द्र बहादुर केसी, सैनामैना प्राकृतिक चिकित्सालयका अध्यक्ष राम प्रसाद भट्टराई, महीला नेत्री सरस्वती शर्मा, बाँगी सम्पर्क समाज रुपन्देही तथा भुषाल समाजका अध्यक्ष दिनेश भुषाल लगायतले श्रद्धाञ्जली प्रकट गरेका थिए । कार्यक्रममा स्व. टुमकला भुषालका जेष्ठ सुपुत्र लोकराज भुषाल ले बोल्दै सहभागीताको लागि सबैलाई आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार