फिक्कल ।– पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज इलामको फिक्कल बजारमा भव्य स्वागत गरिएको छ । निजी भ्रमणका लागि झापाको दमक हुँदै पाँचथर हिडेका पुर्व राजा शाहको स्वातगमा अपराहन्ने २ बजेबाट समर्थकहरु मेची राजमार्गका हजारौको संख्यामा उपस्थित थिए । आव साँझ इलाम सदरमुकाममा बसेर पुर्वराजा (सोमबार) पाँचथर जाने कार्यक्रम रहेको छ । सोमबार उनले पाँचथर सदरमुकाम फिदिमको शिवालयमा पूजाआजा र राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सालिकमा माल्यार्पाण गर्ने कार्यक्रम छ ।
मंगलबार पुनः इलाम फर्केर उनी बुधबार पनि इलाम बस्ने उनका सर्मथक हरि श्रेष्ठले बताए । बिहीबार इलाममा पदयात्रा र माइस्थान मन्दिरमा उनले पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ । त्यसै दिन पूर्वराजा दमक फर्कने छन । कुनै विशेष सार्वजनिक कार्यक्रमहरू नभई पूर्वराजा ज्ञानेन्द्र निजी भ्रमणका लागि पुर्वी पहाड यात्रा गरेको श्रेष्ठले बताए ।
भिडियाे