Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मेचीखोला छेउबाट ३ थान अवैध भरुवा बन्दुक बरामद

मेचीखोला छेउबाट ३ थान अवैध भरुवा बन्दुक बरामद

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र १७ २०७५


मेचीखोला छेउबाट ३ थान अवैध भरुवा बन्दुक बरामद

फिक्कल । सुर्योदय नगरपालिका ५ मेचीखोला नजिकैबाट ३ बटा भरुवा बन्दुक बरामद गरिएको छ । स्थानिय हर्कबहादुर देवानको घरमा लुकाइ राखिएको बन्दुक इलाका प्रहरी कार्यालयले बरामद गरेको हो । बन्दुकसंगै १ जनालाई पक्राउ गरिएको छ । अनुसन्धान जारी रहेकाले पक्राउ पर्ने व्यक्तीको नाम खुलाइएको छैन । गृह मन्त्रालयको अवैध हतियार संकलन गर्ने १ महिने अभियान अन्र्तगत बन्दुक बरामद गरिएको प्रहरी निरिक्षक हेमराज ओलीले बताए । उनले अवैध रुपमा कसैले हतियार राखेको भएमा प्रहरी कार्यालयमा आएर बुझाउन आग्रह गरे । पछिल्लो समय इलाममा नेत्र विक्रम चन्द निकट नेकपाको गतिविधी बढेसंगै प्रहरीले निगरानी समेत बढाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार