Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सोयाङमा जेष्ठ नागरिक सम्मानित

सोयाङमा जेष्ठ नागरिक सम्मानित

  • सन्देश सम्वाददाता
  • बिहिबार, चैत्र १४ २०७५


सोयाङमा जेष्ठ नागरिक सम्मानित

माइजोगमाई । माइजोगमाई गाउपालिका ५ सोयाङमा जेष्ठ नागरिक समुहलाई सम्मान गरिएको छ । गाँउपालिका क्षेत्रका ७८ बर्षदेखी ९६ बर्षसम्मका ११० जना जेष्ठ नागरिकहरु लाई दोसल्ला र नगद सहित सम्मानित गरिएको हो । जेष्ठ नागरिक समुह माइजोगमाईका डिल्लीप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यता र उपप्रमुख सावित्रा भटराईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नं ५ का अध्यक्ष दाताराम संजेल, समाजसेवी टेकबहादुर राई, एकल महिला संघकी अध्यक्ष दिपा आर्चाय लगायतको शुभकामना मन्तव्य रहेको थियो । टिकाबहादुर खत्रीको स्वागत मन्तव्य र वडा सचिव गोकुल संजेलको संचालन रहेको गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार