इलाम । इलामको माई नगरपालिकाले एक बर्षपछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरले कार्य जिम्मेबारी ग्रहण गर्दै काम शुरु गर्नुभएको छ ।
बिहिबार घिमिरेलाई माई नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले बिशेष कार्यक्रम आयोजना गरी स्वागत गरेका थिए । घिमिरे यस अघि सखुवासभाको खादबारी नगरपालिकाबाट माई नगरपालिका आउनुभएको हो । झापा चन्द्रगढी घर भएका घिमिरे मोरङ्ग, सिराहा, सप्तरी, पाँचथर र इलाममा समेत प्रशासनको काम गर्नुभएको छ ।
इलाम जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी, पाँचथरका प्रमुख जिल्ला अधिकारीको कार्यभर सम्हालिसक्नु भएका घिमिरेसँग प्रशासन क्षेत्रमा गहिराे अध्ययन रहेकाे छ ।