पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका २ स्थित चित्रेमा सीमा पिल्लर र नेपाल भारत सीमा क्षेत्रको दशगजाको साेमबार निरिक्षण गरिएको छ । नेपाल र भारतका सीमा सुरक्षामा खटिएको सुरक्षा अधिकारी, नेपाल प्रहरी र सुर्योदय नगरपालिकाका जनप्रतिनिधिको टोली सीमा क्षेत्रको निरिक्षण गरेको हो ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईको नेतृत्वमा भएको अनुगमनमा नेपालस्थित सीमा सुरक्षा पोष्टका प्रमुख ससांक कार्की, नेपाल प्रहरीको पशुपतिनगर इलाका प्रुमख हेमराज ओली, सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णबहादूर बस्नेत र भारतीय सीमा सुरक्षा सुरक्षा बल एस आई कृष्ण मण्डलको उपस्थित रहेको थियो ।

सीमा निरिक्षण टोलीमा सूर्योदय वडा नम्बर २ का अध्यक्ष चन्द्र सुब्बा, १० वडाअध्यक्ष पेमाउगेन लामा, नेपाल टेलिभिजनका पत्रकार सुजन तिमसिना र रेडियो वुद्धबाणि फिक्का अध्यक्ष दिनेश महत सहितको टोलीले निरिक्षण गरेको थियो ।

सीमा क्षेत्रको निरिक्षणका क्रममा दशगजा क्षेत्रमा दूई देशकै नागरिकले खेतीपाति गर्दै आएकाले त्यसलाई व्यवस्थापनका लागि आ–आफ्नो देशको सीमा टोलीलाई जानकारी गराउनेबारे छलफल भएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले बताउनुभयो ।