सूर्योदय । इलामको सुर्योदय नगरपालिका २ स्थित कटेङ्ग खोलामा शौचालयको ढल पुर्याएर पुरेपछि स्थानीयबासी आक्रोशित भएका छन् । सूर्योदय २ को पर्यटकीय क्षेत्र साततले झरना वनझाँक्रि गुफा र देविथानको शिरमा शौचालयको ढल गाडेपछि स्थानीय आक्रोशित भएका हुन् । सूर्योदय नगरपालिकाको सहरी क्षेत्रमा संकलन गरिएको शौचलयको ढल पशुपतिनगरका डिक बम्जम भनिने धनकुमार तामाङ्गको अगुवाईमा डम्पिङ्ग गरेको ढल चुहिएर खोलामा बग्ने भएकाले तत्काल उठाएर पानी सफा गर्न माग गरिएको स्थानीय मिलन राईले बताउनुभयो ।

स्थानीयबासीलाई जानकारी नदिइकन खोलाको डिलमा ढल पुरिँदा पर्यटकीय र देविथान क्षेत्र दुर्गन्धित हुनुका साथै तल्लो क्षेत्रका बासिन्दा र गाईबस्तुका लागि उपभोग गर्दै आएको पानी फोहोर भएर हैजा फैलिने भएकाले तत्काल सफा गर्न माग गरिएको राईले जानकारी दिए ।
सूर्योदय नगरपालिका वडा नम्बर २ र ३ कट्टेबुङ्गका का २ सय परिवारले प्रयोग गर्दै आएको खोलाको पानीमा चुहिने गरि ढल गाडेपछि स्थानीयले फोहोर उठाएर पानी सफा गर्ने औषधि प्रयोग गरि सुद्धिकरण गर्नुपर्ने माग गरेको स्थानीय जोसेफ राईले बताउनुभयो । खोलामा ढल फ्याकेपछि खानका लागि टाढाबाट कुवाको पानी बोकेर प्रयोग गर्नुपर्ने बाध्यता रहेको राईले जानकारी दिनुभयो ।
बजार क्षेत्रको ढल व्यवस्थान गर्नका लागि आफ्नै बारीमा डम्पिङ्ग गर्न नगेपनि गाडि नछिरेका कारण खोलाको डिलमा फ्याक्न बाध्य भएको डिक बम्जम भनिने धनकुमार तामाङ्गले स्वीकार गर्नुभयो । तामाङ्गका अनुसार स्थानीयसँग फोहोरमैला संकलन गरि उठाउने काम सहमति भएको र उठाउन थालिएको छ ।

सूर्योदय नगरपालिका वडा नम्बर ८ का अध्यक्ष वातावरण तथा फोहोरमैला व्यवस्थापन समितिका संयोजक सुवास राईले आफुलाई फोहोरमैला व्यवस्थापन गरिसकेपछि मात्रै थाहा भएको र व्यवस्थापनको काममा खटिने व्यक्तिहरुको कमजोरी भएको बताउनुभयो । आफुलाई व्यवस्थापन गरेपछि मात्रै थाहा भएकाले स्थानीयको माग अनुसार गाडिएको ढल पुरै उठाएर अन्य स्थानमा व्यवस्थापन गर्ने सहमति भएको संयोजक राईको भनाइ रहेको छ ।

स्थानीयको माग अनुसार गाडिएको ढल उठाउने काम शुक्रबारदेखिनै शुरु गरिएपनि गाडि बिग्रिएका कारण उठाउनका लागि केहि ढिलो भएको वातावरण तथा फोहोरमैला व्यवस्थापन समितिका संयोजक सुवास राईले बताउनुभयो । ढल पुर्ने क्रममा खोलाबाट संकलन गरि राखिएको एक÷एक पिकअप गिटि र बालुवा पुरिएकाले क्षतिपुुर्ती दिनुपर्ने र त्यसमा सहभागिहरुलाई कारबाही गर्नुपर्ने स्थानीयको माग रहेको छ । खोलाको डिलमा ढल गाडिएकोमा संलग्नलाई कारबाहिको माग राख्दै स्थानीय सिद्धिमाई टोली विकास समितिले सूर्योदय नगरपालिकाको न्यायीक समितिमा उजुरीसमेत दिएको स्थानीय मिलन राईले बताउनुभयो । खुला दिशामुक्त क्षेत्र घोषणा भएको र सफा नगर बनाउने अभियानमा लागेको सूर्योदय नगरपालिकाले सार्वजनिक स्थानमा ढल फ्याक्नेलाई कारबाहीका लागि कुनै कानुन नबनेको नगरपालिकाका सूचना अधिकारी खगेन्द्र बर्देवाले बतानउनुभयो ।