Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा युवा शसक्तिकरण समुह गठन

रोङ गाउँपालिकामा युवा शसक्तिकरण समुह गठन

  • डाइमण्ड तिमसिना
  • बुधबार, फाल्गुन २२ २०७५


रोङ गाउँपालिकामा युवा शसक्तिकरण समुह गठन

कुटिडाँडा । इलामको रोङ गाउँपालिका ३ स्थित कुटिडाँडामा युवा शसक्तिकरण समुह गठन भएको छ । मानव अधिकार मञ्चले स्थापनाकाको २० औँ वर्ष प्रवेश गरेको अवसरमा युवा शसक्तिकरण समुह गठन गरेको हो ।
रोङ गाउँपालिकाको कार्यालयमा गठन भएको समुहको २० सदस्य कार्यसमिति गठन भएको छ । समितिका अध्यक्षमा डाइमण्ड तिमसिना र सचिवमा दिपक अर्याल रहेका छन् । रोङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मात्रिका बरालको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार मञ्चले संचालन गर्ने युवा शसक्तिकरण परियोजनाका बारेमा समेत जानकारी गराइएको थियो । इलामको माई नगरपालिका र रोङ गाउँपालिकामा संचालन हुने परियोजनामा सन् २०१९ को अन्त्यसम्म संचालन हुने जानकारी गराइएको हो ।
९२ लाख २५ हजार रुपैयाँ खर्च हुने परियोजनाका बारेमा मानव अधिकार मञ्च इलामका मनकुमार बराइली र सन्तोश मगरले जानकारी गराउनुभएको थियो । कार्यक्रममा बोल्दै रोङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मात्रिका बरालले मानव अधिकार मञ्चले समाजका विभिन्न क्षेत्रको विकासका लागि गर्दै आएका परियोजनाहरुको कामले जनताको चेतना विस्तारमा ठुलो सहयोग गरेकाले आगामी दिनमा गाउँपालिकाले सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो ।
वडाध्यक्ष बरालले गठन भएको युवा शसक्तिकरण समुहले युवा शसक्तिकरण परियोजनाको काम सफल बनाउने काममा सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार