Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय नगरपालिकाको गुनासो चौतारी कार्यक्रम समाल्वुङमा सम्पन्न/ वडाको सुचना प्रवाह पुस्तिका सार्वजनिक

सुर्योदय नगरपालिकाको गुनासो चौतारी कार्यक्रम समाल्वुङमा सम्पन्न/ वडाको सुचना प्रवाह पुस्तिका सार्वजनिक

  • दिनेश महत
  • आइतबार, फाल्गुन १२ २०७५


सुर्योदय नगरपालिकाको गुनासो चौतारी कार्यक्रम समाल्वुङमा सम्पन्न/ वडाको सुचना प्रवाह पुस्तिका सार्वजनिक

समाल्वुङ । सुर्योदय नगरपालिकाको आयोजनामा आज वडा नं ५ समाल्वुङमा गुनासो चौतारी कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष प्रेम तामाङको अध्यक्षता एवम नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा सदस्य अनिल लिम्बुले स्वागत मन्तव्य राखेका थिए । वडा कार्यालयमा भएको कार्यक्रमको अवसरमा वडाबाट प्रवाह हुने सेवासुविधा सम्वन्धी सुचना प्रवाह पुस्तिका नगर प्रमुख रणबहादुर राईबाट सार्वजनिक गरिएको छ । नगरको अन्य वडाको तुलनामा यस वडाका बासिन्दा इमेल इन्टरनेटको पहुँचबाट टाढा रहेको हुँदा प्रत्येकलाई वडाबाट प्रवाह हुने सुचनाको बारेमा जानकारी दिने उद्धेश्यका साथ पुस्तक प्रकाशनमा ल्याइएको वडाध्यक्ष तामाङले बताए । सुचना पुस्तिका प्रत्येक वडाबासीको हातहातमा पु¥याउने लक्ष्य राखिएको उनले बताए ।

निर्धारित समयभन्दा नगर प्रमुख २ घण्टा ढिलो
मध्याहन्न १२ बजेबाट सुरु हुने भनिएको कार्यक्रममा नगर प्रमुख लगायतका अन्य टोली २ घण्टापछि मात्र कार्यक्रम स्थलमा पुगेपछि केही सहभागीहरु फर्किसकेका थिए । कार्यक्रममा २३ जना सहभागीहरुले विकास निर्माण, शिक्षा र प्रशासन सम्वन्धी प्रश्न गरेका थिए । नगर प्रमुख राई, वडाध्यक्ष तामाङ, शिक्षा शाखा प्रमुख योगनिधी भट्टराई, प्रशासकिय अधिकृत खगेन्द्र बर्देवा लगायतले सहभागीको प्रश्नको जवाफ दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले वडा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जाने बताए । उनले समृद्ध सुर्योदयको परिकल्पना गरिएकोले सवै क्षेत्रमा नगर एवम वडाबासीहरुको सकारात्मक सुझावको अपेक्षा रहेको बताए । गुनासो चौतारी कार्यक्रम नगरले यसअघि वडा नं ९ र १० मा सम्पन्न गरिसकेको छ । अन्य वडामा समेत यो कार्यक्रम संचालन गरिने नगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार