Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्गको क्षेत्र विस्तार रोक्न सुर्योदय नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश

मेची राजमार्गको क्षेत्र विस्तार रोक्न सुर्योदय नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश

  • नमीन ढकाल
  • बिहिबार, फाल्गुन ९ २०७५


मेची राजमार्गको क्षेत्र विस्तार रोक्न सुर्योदय नगरपालिकालाई उच्च अदालतको अन्तरिम आदेश

फिक्कल । सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै उच्च अदालत बिराटनगर इलाम इजालसले तत्काल मेची राजमार्गको सडक क्षेत्र बिस्तार नगर्न आदेश दिएको छ । अधिबक्ता उत्तम पौडेलले निवेदकको तर्फबाट आज गरेको बहस पछि उच्च अदालत बिराटनगर इलाम इजालसले सूर्योदय नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गर्दै तत्काल सडक बिस्तारको काम नथाल्न आदेश दिएको हो । नगरपालिकाले आउदो ११ गतेबाट सडक क्षेत्र बिस्तार गर्न भनी बिभिन्न सूचना जारी गर्दै आए पछि बुधवार सूर्योदय नगरपालिका १० का किरण कुमार प्रधानले अन्तरीम आदेशको माग गर्दै मुद्धा दर्ता गराएका थिए । अदालतले निवेदकको माग बमोजीम के कति कारणले आदेश जारी गर्नु नपर्ने हो आफना प्रमाण १५ दिन भित्रमा प्रमाण पेश गर्न बिपक्षी सूर्योदय नगरपालिकाका नाममा आदेश जारी गरेको छ ।
निवेदक प्रधानको माग बमोजीम अदालतले साविक फिक्कल गाउँ बिकास समिति १ (क) को कित्ता नम्बर ६३२ र कित्ता नम्बर ६३४ को जग्गा र सो जग्गामा बनेको घर लगायतका निर्मित संरचनामा कुनै असर पर्ने गरी भत्काईने बिर्गाने कार्य नगर्नु नगराउनु भनी नगरपालिकाका नाममा आदेश दिएको छ । अदालतले सो आदेशलाई निरन्तरता दिने वा नदिने सो सम्बन्धमा दवै पक्ष बिच छलफल गर्न फागुन १५ गते १० बजे बोलाएको छ ।
निवेदक प्रधानको पक्षबाट वकालत गरेका अधिबक्ता पौडेलले अदालतको अन्तरीम आदेश जारी भए पछि ती कित्ताको मात्र नभई नगरले गर्ने भनेको सडक बिस्तारको सबै काम तत्काललाई रोकिने बताए ।
नगरपालिकाले सडक विस्तार नरोक्ने
सुर्योदय नगरपालिकाले यहि फागुन ११ गतेबाट जसरी भएपनि मेचीराजमार्गको सडक क्षेत्राधिकार कायम गर्ने भएको छ । नगरपालिकाले पत्रकार भेटघाट गरी फागुन ११ गते १२ बजेबाट पाल्टांगेदेखी भालुखोपसम्मको सडक दाँयाबाँया साढे ७ मिटर कायम गर्ने जानकारी गराएको हो ।
पत्रकार भेटघाटमा बोल्दै भौतिक पुर्वाधार विकास समितीका संयोजक एवम वडा नं ३ का अध्यक्ष होम कार्कीले कुनै पनि हालतमा सडक क्षेत्राधिकार विस्तार गर्ने बताए । बृहतर विकासका साथै पर्यटकिय नगरीको रुपमा अघि बढेकाले स्थानियको आग्रह अनुसार साढे ७ मिटरमा सहमती अनुसार अघि बढेको बताउँदै उनले नगरले पटक पटक सुचना प्रकाशन गर्दा पनि स्थानियले अटेर गरेपछि फागुन ११ गतेबाट जसरी भएपनि कामले तिव्रता पाउने बताए । ‘पहिलो चरणमा साढे ७ कायम गर्दा कति क्षति हून्छ रेखाङकन गरेका छौ । पाल्टांगेबाट भालुखोपसम्मको प्रत्येक घरको डाटा संकलन गरेका छौ । सुन्दर काम भन्दै जनताले तारिफ गरेका छन । कुनै पनि हालतमा हाम्रो काम रोकिदैन ’ उनले भने । नक्सा दोहोरो भएको स्थानियको जग्गा नगरसभाबाट निर्णय गरेर प्रदेशसभा र क्याविनेटमा पठाएर समाधान गरिने कार्कीले बताए ।
सडक क्षेत्राधिकार कायमपछि त्रिवेणी ग्रुपको सांघाई समुहले उपयोग गर्दै गरेको कन्याममा रहेको नगरपालिकाको जग्गामा कार्यपालिकाबाट करोडौ रुपैयाको बहुदेश्य भवन निर्माणका लागी बजेट विनियोजनका साथै ७ करोड रुपैयाको लागतमा कन्याम व्युटिफिकेसन गर्ने सडक क्षेत्राधिकार कायम गराउने समितीका संयोजक शिबकुमार बस्नेतले बताए ।
सडक क्षेत्राधिकार कायम रोक्न अदालतबाट अन्तरित आदेश प्राप्त भएको सुचनाको बारेमा सोध्दा भौतिक पुर्वाधार विकास समितीका संयोजक र सडक क्षेत्राधिकार कायम गराउने समितीका संयोजकले आफुहरुलाई यस बारेमा जानकारी नभएको बताए । उनीहरुले अदालतको आधिकारिक जानकारी नआएकाले कुनै पनि हालतमा नगर आफनो निर्णयबाट पछि नहटने बताए । सामाजिक संजालमा देखिएको पोष्ट अनुसार फिक्कलका २ घर अगाडी मात्र अन्तरिम आदेश लागु हुने भौतिक पुर्वाधार संयोजक कार्कीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार