माइनगर । २८५५ औ सोनाम ल्होसार विविध कार्यक्रमका बिच इलामको माई नगरपालिका–९ चिसापानीमा समेत मनाइएको छ । धनबहादुर तामाङको अध्यक्षतामा फेदेन छोलिङ गुम्बामा आयोजना भएको कार्यक्रममा प्रदेश नं १ का प्रदेशसभा सदस्य काजीमान कागते र जिल्ला समन्वय समितीको उपप्रमुख चित्रकला बराइलीको बिशेष आतिथ्यता रहेको थियो । माइ नगरपालिका प्रमुख दिपककुमार थेवे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुजन तिमसिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कागतेले संस्कृति र रितिरिबाज संरक्षणमा सवै एकजुट हुनुपर्ने बताएका छन । उनले माइ नगरको विकास निर्माणका लागी प्रदेश सरकार समक्ष पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।
बिशेष अतिथी बराइलीले संविधानले समेत मुलुक धर्म निरपेक्षता बनाएकाले सवै धर्म र रितिरिवाज साझा हुनुपर्ने बताएकी छन । कार्यक्रममा बोल्दै नगर प्रमुख थेबेले राँगापानी पहिरो नियन्त्रणका लागी नगरपालिकाबाट ३० लाख रुपैया बिनियोजन भएको जानकारी गराएका छन । उनले चिसापानीबाट कुडुले पुल जोडने छोटो मार्ग निर्माण चाडै गर्न पहल गरिने बताए ।
कार्यक्रममा बोल्दै पत्रकार तिमसिनाले कला र संस्कृति संरक्षण सवै एकजुट हुने सके पर्यटनको माध्यमबाट समाज विकास हुने बताए । कार्यक्रममा गुम्बा निर्माणका लागी २ रोपनी जग्गादान गर्ने तुलसी तामाङलाई सम्मान गरिएको थियो । चिसापानीमा २०७४ सालबाट निर्माण सुरु भएको गुम्बाका लागी नगरपालिकाले गत आर्थिक बर्षमा ४ लाख ४० हजार विनियोजना गरेकोमा चालु आर्थिक बर्षमा ५ लाख ५० हजार विनियोजना गरिएको छ । निर्माण समितीले गुम्बाको डिपिआर र निर्माणमा सहयोग गर्न अपिल गरे ।