Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको मालापथमा आगलागी

इलाम नगरपालिकाको मालापथमा आगलागी

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ १३ २०७५


इलाम नगरपालिकाको मालापथमा आगलागी

इलाम । इलाम नगरपालिका–७ मालापथमा आज विहान आगलागी भएको छ । समाता स्कुलको पछाडि रहेको स्थानीय मन वहादुर गुरुङको दुइतले घरमा आगलागी भएको हो । आगलागीबाट घरको एकतला पूर्ण क्षति भएको छ । विहान ६ः३० बजे शुरु भएको आगो ८ः०० बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । इलाम नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीको सक्रियतामा आगो नियन्त्रणमा आएको हो । घरमा खाना बनाउन राखेको ग्याँस सिलिण्डर लिक भएर आगलागी भएको वताईएको छ । चारकोठे पक्की घरमाथि बनाइएको टिनको बेरा भएको चारकोठा पूर्णरुपमा क्षति भएको छ । घरमा भएको सामान निकाल्न नपाए पछि सम्पूर्ण सामान पनि जलेर नष्ट भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय इलामका हबलदार बिजय राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार