Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा केशिका सबै माग पुरा भएका छन् : योगेश भट्टराई

डा केशिका सबै माग पुरा भएका छन् : योगेश भट्टराई

  • सन्देश सम्वाददाता
  • बुधबार, माघ २ २०७५


डा केशिका सबै माग पुरा भएका छन् :  योगेश भट्टराई

इलाम ।  नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराइले अनसनरत डा. गोविन्द केसीका सबै माग पुरा भैसकेको बताउनुभएको छ । इलाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले अनसनरत डा. गोविन्द केसीका अधिकांस माग पुरा भैसकेकाले अव अनसन छोडेर सहमतिमा आउन आग्रह समेत गर्नुभयो । वहाँले डा.केसी र नेपाली कांग्रेसको खरो खरो आलोचना समेत गरे उनले कांग्रेस र डा. केसी बिचको सम्बन्ध के हो ? आफुहरुलाई थाहा नभएको बताउनुभयाे ।
चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. केसी इलाममा अनसन बसेको भट्टराईले आरोप लगाउनुभयो । भट्टराईले माग पूरा भैसकेकाले आफुहरुलाई बधाइ दिनु पर्नेमा डा. केसी इलाममा आएर खुसुक्क अनसन बस्दा समस्या भएको बताउनुभयो ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्तरुपमा आयोजना गरेको चिकित्सा विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले डा. केसीले कांग्रेसको इसारामा कुदेको आरोप लगाउनुभयो । वहाँले डा. केसी नेकपाको बिपक्षमा उत्रेको बताउँदै प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्ड बिरुद्ध खनिएको बताउनुभयो । ‘डा कम्युनिष्ट फोबिया छ ।’ चुनावका बेला डा. केसी चारतारे झण्डा बोकेर भोट माग्न हिँडेकाले उनी तटस्थ नभएको पनि नेता भट्टराईले जिकिर गर्दै कांग्रेसको कार्यकर्ता भएको आरोप लगाउनुभयो ।
डा. केसीसँग विगतमा भएका सम्झौताहरु नै अहिलेको विधेयकमा समावेश भएको र संसद भन्दा माथि डा. केसी नरहेको बताउनुभयो । वहाँले संसदले राज समेत फालेको स्मरण गराउदै डा. केसी अनसन बस्दैमा केहि नहुने बताउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार