फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुम–५ लुम्देमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । आफ््नै काकाको घरमा बिगत चार बर्ष देखि बस्दै आएका १६ बर्षिइ फुङ््नाम भनिने शन्देश थेबेको मृत्यु भएको हो । शुक्रबारका दिन अबेरसम्म पनि घर नआएपछि खोजतलास गर्दा गाई बस्तु बाधिसकेपछि पाङ्ग्रा टिप्न गएका उनी भिरमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष सुदिप दर्लामीले जानकारी दिए । वडाध्यक्षले गजुरमुखि प्रहरी चौकीलाई शनिबार बिहान थेवे मृत फेला परेको जानकारी गराएको प्रहरी हवलदार जगदीश शाहले बताए । थेबेको खोजतलाश गर्न जादा नजीकैको भीरको छेउमा रहेको कुलोमा पाङ्ग्रा टिपेर राखेको र त्यही छेउको भीरबाट खसेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको शबलाई पोष्टमार्टमको लागी पाँचथरको रबि अस्पतालमा राखिएको छ ।